धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । एशिया कपमा स्थान बनाउने खुड्किलो एक कदम मात्र थियो । वर्षा बाधक बन्यो । अस्मिना कर्माचार्यको ५ विकेटको तारिफ योग्य बलिङ शुभ संकेत भएपनि वर्षा बाधक बन्दा एशियाकप यात्रा टुङ्गियो । सम्मुखकै उपाधि गुमाउँदा खेलाडी निराश भएपनि प्रदर्शनमा भने सन्तुष्ट छन् । सोमवार स्वदेश फर्किपछि सञ्चारकर्मीसँग बोल्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले अझै राम्रो गर्न सकिने भन्दै खेलाडीलाई धेरै भन्दा धेरै अभ्यास खेलको खाँचो रहेको बताउनु भयो ।

मलेशियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियनसिपमा सहभागि भएर नेपाली राष्ट्रिय महिला क्रिकेट टोली सोमवार स्वदेश फर्कियो । उपाधि ल्याउने वाचासहित मलेसिया गएको टोलीले अपेक्षा अनुसारको प्रदर्शन गरे पनि वाचा पूरा हुन सकेन । उपाधि ल्याउन लक्ष्य यसपालि पनि धकेलियो । उत्कृष्ट प्रदर्शनका बावजुत वर्षा बाधक बन्दा नेपालको अघिल्लो खुड्किलो सेमिफाइनलको पहिलो इनिङमा सिमित भयो । बलियो युएईसँगको खेलमा बलिङमा जादु देखाएकी अस्मिना कर्माचार्यको ५ विकेट व्यक्तिगत प्रदर्शनमा अब्बल रह्यो । बलिङ इनिङमा न्याय भएपनि ब्याटिङ इनिङमा प्रकृतिले नेपाललाई अन्याय ग¥यो । दुर्भाग्य नेपालको एशिया कप खेल्ने लक्ष्य वर्षाले नै मडारिदियो । सम्मुखको उपाधि टाढिए पनि नेपाली टोली आफ्नो प्रदर्शनमा सन्तुष्ट देखिएको छ । नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले जितेको म्याच नखेली आउनुपर्दा दुःख लागेको बताउनु भयो ।

टोलीमा अहिले केही अनुभवि, राम्रो मिडल अर्डर र केही नयाँ प्रतिभावान खेलाडीसहितको मिश्रित टोली भएको भन्दै कप्तान रुबिना क्षेत्रीले निरन्तरको अभ्यास र धेरै भन्दा धेरै प्रतियोगितामा अवसर भए नेपाली महिला क्रिकेट टोली अगाडि बढ्ने बताउनु भयो । यस्तै जादुमय बलिङ गरेकी अस्मिना कर्माचार्यले पनि भ्रमण राम्रो अनुभव लिने अवसर भएको र आगामी दिनमा अझै राम्रो गर्नका लागि संघले कार्यक्रम राखेर प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

यता मुख्य प्रशिक्षक जगत टमाटाले मुखमै आएको खेल गुमाउनु परेको भन्दै जिम्मा आपूmले लिने बताउनु भयो । एसिसि र आईसिसिले आयोजना गर्ने यस्ता ठूला प्रतियोगितामा कम्तीमा पनि रिजर्भ डेको आवश्यक पर्ने भएपनि नराखेमा गुनासो गर्नुभयो । समग्रमा सबै पक्षमा राम्रो प्रदर्शन गर्दागर्दै पनि अपेक्षा अनुसार नतिजा आउन नसक्नु दुर्भाग्य भएको मुख्य प्रशिक्षक जगत टमाटाले बताउनु भयो । मुख्य प्रशिक्षक टमाटाले पनि कप्तान रुबिनाले भने जस्तै धेरै भन्दा धेरै प्रतियोगितामा अवसर पाए नेपाली महिला क्रिकेट टोली दुई वर्षमा छलाङ मार्ने बताउनु भयो ।

च्याम्पियनसिपमा १० टोलीले सहभागिता जनाएका थिए । पाँच÷पाँच राष्ट्रलाई दुई समूहमा विभाजन गरी गराइएको प्रतिष्पर्धामा नेपाल समूह बीमा रहेको थियो । चार खेलमध्ये नेपालले तीन खेलमा जित र एक खेलमा हारबाट समूह उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो । समूह ए को विजेता युएईसँगको खेल वर्षाका कारण अवरुद्ध हुँदा समूह विजेताको आधारमा युएई फाइनल पुग्दा नेपालको एशियाकप यात्रामा पूर्णविराम लागेको थियो ।





थप समाचार

आइपीएल : कोलकाता र दिल्ली खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । कोलकाताको घरेलु मैदान इडन […]

अभानी प्रिमियर लिग : अभानी र खुकुरीको जित

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा जारि अभानी प्रिमियर लिगमा अभानी क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबले जित निकालेका छन् । […]

विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ […]

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]

गायकवाड शतकबाट चुक्दा हैदराबादले पायो २१३ रनको लक्ष्य

काठमाडौं । कप्तान ऋतुराज गायकवाड शतकबाट २ रनले चुक्दा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर […]

ज्याक्सको शतकमा बेंगलुरुको लगातार दोस्रो जित

काठमाडौं । विल ज्याक्सको शतकीय इनिङको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को ४५ औं खेलमा रोयल च्यालेनजर्स बेंगलूरुले […]