ब्रेसवेलको अपत्यारिलो ब्याटिंग, न्युजिल्यान्ड १ विकेटले विजयी

रोमान्चक खेलमा आयरल्याण्डलाई १ विकेटले पराजित गर्दै भ्रमण टोलि न्युजिल्यान्डले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा १-० को अग्रता लिएको छ।

डब्लिन स्थित द भिलेज मैदानमा आयरल्याण्डले दिएको ३०१ रनको लक्ष्य न्युजिल्यान्डले १ बल बाँकी रहंदा ९  विकेट क्षतिमा भेटायो।

लक्ष पछ्याउने क्रममा न्युजिल्यान्डले २१७ रन बनाउदा ८ विकेट गुमाएको थियो। नवौं विकेटको लागि मिचेल ब्रेसवेलले लकी फर्गुसनसंग ६४ रनको साझेदारी गर्दै न्युजिल्यान्डलाई खेलमा फर्काए। ४९ औं ओभरमा ८ रन बनाएका फर्गुसनलाई मार्क अडेरले बोल्ड गरे।

अन्तिम ओभरमा जित्न २० रन आवस्यक रह्यो। क्रेग योंगले गरेको अन्तिम ओभरमा लगातार ५ बलमा बाउन्ड्री प्रहार गर्दै ब्रेसवेलले अपत्यारिलो जित दिलाए। उनले पहिलो र दोश्रो बलमा चौका, तेश्रो बलमा छक्का, चौंथो बलमा चौका र पाँचौ बलमा छक्का प्रहार गर्दै आयरल्याण्डको जित खोसे।

एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासमै पहिलो पटक अन्तिम ओभरमा कुनै टिमले २० रन बनाएर जित दर्ता गरेको हो। यस अघि अस्ट्रेलियाले सन् १९८७ मा इंग्ल्यान्ड बिरुद्ध १८ रन बनाएर जित दर्ता गरेको थियो।

करियरको पहिलो शतक बनाएका ब्रेसवेलले अविजित १२७ रन बनाए जुन क्रममा ८२ बलमा १० चौका र ७ छक्का प्रहार गरे। यस अघि मार्टिन गप्टिलले ५१, ग्लेन फिलिप्सले ३८, इश सोढ़ीले २५ तथा टम लाथमले २३ रन बनाए।


आयरल्याण्डको बलिंगमा कर्टिस क्याम्फरले ३ विकेट, मार्क अडेरले २ विकेट लिए भने क्रेग योंग, जोशुवा लिटल र एन्डी म्याकब्रायनले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट क्षतिमा ३०० रन बनायो।

आयरल्याण्डको लागि ह्यारी टेक्टरले पहिलो अन्तर्राष्ट्रिय शतक बनाए जुन क्रममा ११७ बलमा १४ चौका र ३ छक्का मद्दतले ११३ रन बनाए। कर्टिस क्याम्फरले ४३, एन्डी म्याकब्रायनले ३९, सिमि सिंहले ३०  तथा लोर्कान टकरले २६ रन बनाए।

८६ रनमा ३ विकेट गुमेको अवस्थाबाट टेक्टरले चौथो विकेटको लागि क्याम्फरसंग ९४ रनको साझेदारी गरे। त्यसपछि टेक्टर र टकरले पाँचौ विकेटको लागि ६१ रन जोडे। टेक्टरलाई ४४ औं ओभरमा ब्लेर टिक्नरले क्याच आउट पारे।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]