नेपाल टि-२० लिग : जनकपुर र विराटनगरको लोगो सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा असोज ८ देखि कात्तिक ५ गतेसम्म हुन लागेको नेपाल टी–२० फ्रेन्चाइज लिगका दुई फ्रेन्चाइज टिम विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सले बिहिबार आफ्नो लोगो सार्वजनिक गरेको छ।

सो अवसरमा टिमका भारतीय लगानीकर्ताहरुले नेपाली क्रिकेटसँग जोडिन पाएकोका खुशी ब्यक्त गरेका छन् । दुवै टिमका मालिक भारतीय छन्।

विराटनगर सुपर किंग्सका तर्फबाट फेस अफ विराटनगरको रुपमा रहनुभएकी मन्दिरा लालभानीले नेपाल टी–२० लिगको एउटा अंक बन्न पाएकोमा खुशी ब्यक्त गरे । नेपाल क्रिकेटका लागि उर्वर भूमि हो । नेपालको क्रिकेट पछिल्लो समय चर्चामा छ । यहाँको क्रिकेटसँग जोडिन पाउँदा खुशी छु । क्रिकेट मेरो डिएनए मै छ । त्यसैले नेपाली क्रिकेटको एउटा ‘पार्ट’ बनेको हुँ,’ लालभानीले बताए ।

यसैगरी जनकपुर गोल्डस्पोर्टस प्रालि, भारतको स्वामित्वमा रहेको जनकपुरका मालिक गोविन्द खान्डवालले पनि नेपाल टी–२० लिगसँग जोडिन पाउँदा खुशी लागेको बताए । ‘यस लिग प्रति हामी उत्साहित छौं । यसले नेपाली क्रिकेट र भारतीय क्रिकेटलाई समेत जोड्ने छ,’ खान्डवालले बताए ।

यसअघि लुम्बिनी अल स्टार्सले लोगो सार्वजनिक गरिसकेको छ । नेपाल टी–२० क्रिकेट लिगमा ६ टोलीको सहभागिता रहनेछ । क्यानले कीर्तिपुर स्थिति त्रिभूवन विश्व विद्यालयको मैदानमा आयोजना हुने प्रतियोगिताको आयोजना अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको छ ।

क्यानले यस प्रतियोगितालाई नेपालको पहिलो र एकमात्र आधिकारिक टी–२० लिग भएको दावी गर्दै आएको छ । यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि मान्यता दिईसकेको छ ।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]