केन्याद्वारा सिरिज बराबरी

केन्या विरुद्धको दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल पराजित भएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको हो । यस जितसँगै केन्याले ५ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ ।हिजो भएको खेलमा भने नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।

स्कोरकार्ड 

केन्याले दिएको एक सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय १४ रनमा समेटिएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन, आदील अन्सारी र रोहित पौडेलले समान २०/२० रन जोडे ।

यसैगरी पवन सर्राफ १९ रनमा आउट भए भने कप्तान सन्दीप लामिछाने ८, करण केसी ६, आसिफ शेख ५, दीपेन्द्र सिंह ऐरी ३ तथा ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए । सोमपाल कामी २ रनमा आउट हुँदा वसिर अहमेद शून्य रनमा अविजित रहे । केन्याका लुकास ओलुओच, इमानुएल बुन्डी र भिराज पटेलले समान २÷२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ९ विकेट गुमाएर एक सय ३२ रन बनाएको थियो ।

केन्याका लागि राकिप पटेलले सर्वाधिक ३५ रन जोड्े भने नेहिमिह ओधियाम्बोले २९ रन बनाए । इरफान करिमले २२ रन जोड्दा सचिन भुडियाले १४ रन जोडे । नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान ३/३ विकेट लिए । करण केसीले २ विकेट लिदा पवन सर्राफले १ विकेट झारे । अब नेपालले केन्या विरुद्धको तेस्रो खेल आइतबार खेल्नेछ ।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]