बिग ब्यासमा छानिएनन् सन्दिप

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछाने र सुबास खकुरेल पहिलो पटक भएको बिग ब्यास लिगको ड्राफ्टमा बिक्रि नभएका ( अनसोल्ड ) छन्।

बिग ब्यास लिगले पहिलो पटक खेलाडी छनोट गर्न ड्राफ्ट आयोजना गरेको थियो जसमा २४ देशका खेलाडीहरु चार विधामा छनोटको लागि उपलब्ध थिए।

ड्राफ्ट मनोनयनमा नेपालबाट सन्दिप लामिछाने सहित ३३२ खेलाडीहरु थिए। सन्दिपलाई यस अघिको संस्करणमा उनले प्रतिनिधित्व गरेको टिम होबार्ट हरिकेन्सले टिममा पुनः समाबेश गर्ने अनुमान गरिएको थियो। नेपाली लेग स्पिनर २०१८ सिजन देखि लगातार बिग ब्यास लिग खेल्दै आएका थिए। खकुरेल ड्राफ्टमा रहेता पनि छनोट हुने आंकलन गरिएको थिएन।

बिग ब्यासले सन्दिपलाई छनोट नगर्नुको पछाडी सन्दिपको व्यस्त खेल तालिका रहेको छ। सन्दिपलाई यस अघिनै युएईले आयोजना गर्ने इन्टरनेसनल टि-२० प्रतियोगितामा डेजर्ट भाईपर्सले मार्की प्लेयरको रुपमा टिममा समाबेश गरिसकेको छ। बिग ब्यास र इन्टरनेसनल टि-२० को खेल तालिका जुधेकाले यो पटक बिग ब्यासले सन्दिपलाई नरोज्नुको कारण मान्न सकिन्छ।

सन्दिप संगै उक्त लिगमा उनको टिममा श्रीलंकन लेग स्पिनर वानिन्दु हसरंगा, एलेक्स हेल्स, स्याम बिलिंग्स, बेन डकेट, टम करन, शर्फेन रुथरफोर्ड, शेल्डन कटरेल जस्ता खेलाडी छन्। पहिलो संस्करणको अन्तर्राष्ट्रिय लिग टि-२० जनवरी-फेब्रुअरीमा आयोजना हुनेछ जहाँ ६ टिम सहभागी हुनेछन्।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]