नवौँ राष्ट्रिय खेलकुद : सुशनको ह्याट्रिकमा आर्मीको जित, एनआरएनए र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एनआरएनए स्पोर्ट्स एकेडेमी र सुदूरपश्चिम प्रदेश पुरुष क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीचको खेल रद्द भएपछि सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लागेको हो ।

मुलपानी क्रिकेट मैदान वर्षाको कारण एपीएफ र सुदूरपश्चिमबीचको खेल टस समेत नभई रद्द हुँदा समूह ‘बी’ बाट एनआरएनए र सुदूरपश्चिम अन्तिम चारमा पुगे । एपीएफको लगातार चार खेल रद्द भएको हो । यता सुदूरपश्चिमको भने एक खेलमा जित निकाल्दा दुई खेल रद्द भएको थियो ।

एपीएफ ४ खेल खेल्दै ४ अंक जोडेर तेस्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको हो । सुदूरपश्चिमले ४ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको छ । एनआरएनएले ५ अंक जोडेर समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

सुशनको ह्याट्रिकमा आर्मी विजयी 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आर्मी लुम्बिनी प्रदेशलाई नौ विकेटले पराजित गर्दै विजयी भएको हो । प्रतियोगितामा आर्मीको यो लगातार दोस्रो जित हो । वर्षाका कारण खेल १९ ओभरमा छोट्याइएको थियो । लुम्बिनीले दिएको ८६ रनको सामान्य लक्ष्य आर्मीले १० ओभर तीन बलमा एक विकेट गुमाएर पूरा ग¥यो । आर्मीका लागि हरि चौहानले ३५ तथा अर्जुन साउदले अविजित २८ रन बनाए । भीम सार्कीले अविजित १८ रन बनाए ।

लुम्बिनीका लागि अनिल खरेलले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले १९ ओभरमा नौ विकेट गुमाएर ८५ रन जोडेको थियो । उसका लागि कप्तान कृष्ण कार्कीले अविजित २८ तथा सन्दीप रजालीले १५ रन बनाएका थिए । यसैगरी देव खनाल र बासिर अहमदले १३/१३ रन बनाए ।

लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा आर्मीका सुशन भारीले ह्याट्रिक सहित पाँच विकेट लिए । त्यस्तै हरि चौहानले दुई तथा आकाश चन्द र सोमपाल कामीले समान एक/एक विकेट लिए । जितसँगै आर्मीको चार खेलमा छ अङ्क भएको छ ।

कर्णाली प्रदेशको पहिलो जित

कर्णाली प्रदेशले नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । मङ्गलवार भएको खेलमा कर्णालीले मधेस प्रदेशलाई ३ रनले हराएको हो ।

कीर्तिपुरस्थित टियु मैदानमा कर्णालीले दिएको ११५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मधेसले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनायो । मधेसका लागि हरिशंकर शाहले सर्वाधिक ४८ रन बनाए । त्यस्तै राकेश कामतले अविजित १९ रन बनाए ।

कर्णालीका लागि दिनेश अधिकारीले तीन विकेट लिए । त्यस्तै दिवान पुन र रवीन्द्र जङ्ग शाहीले दुई दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले २० ओभरमा अलआउट हुँदै ११४ रन जोडेको थियो ।

कर्णालीका लागि विपिन रावलले २४ रन बनाएका थिए । त्यस्तै प्रकाश जैशीले १९ रन बनाउँदा दिनेश अधिकारीले १५ रनको योगदान गरे । मधेसका आदिल आलमले पाँच विकेट लिए । त्यस्तै हरिशंकर शाहले २ विकेट लिए । जितसँगै समूह ‘ए’ मा कर्णालीले ४ खेलमा ५ अङ्क जोडेर दोस्रो स्थानमा उक्लेको छ ।

 





थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न, माछापुच्छ्रे बैंक च्याम्पियन, आइसिएफसी उपविजेता

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंकले मंगलबार नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार […]

विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका तथा वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी२० विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको […]

सुर्यकुमारको शतकमा मुम्बईको सहज जित

काठमाडौं । सूर्यकुमार यादवको शतकको सहयोगमा मुम्बई इण्डियन्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि […]

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समीकरण तय

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका […]

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]