पुलिसलाई स्वर्ण

नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण जितेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण खाता खोलेको हो ।

पराजित आर्मीले रजत पदकमा चित्त बुझाएको छ । असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदको क्रिकेट एक महिनाअघि नै काठमाडौं मा भएको हो ।

८ ओभरमा घटाइएको खेलमा पुलिससले आर्मीले दिएको १०४ रनको लक्ष्य कुशल भुर्तेल र सुनिल धमलाले विस्फोटक ब्याटिङ गरेपछि ६.५ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो ।

प्रतियोगितामा दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा भुर्तेलले १७ बलमै ३ चौका र ६ छक्का प्रहार गरेर अर्धशतक बनाएका थिए ।

पहिलो विकेटका लागि भुर्तेल र धमलाले ३३ बलमा ९२ रनको साझेदारी गरे । भुर्तेलले १९ बल खेल्दै ३ चौका र ६ छक्का मद्दतमा ५१ रन बनाए ।

धमलाले १७ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा अविजित ४२ रन बनाए । आरिफ शेखले खेलेको पहिलो बलमै छक्का प्रहार गर्दै जित पक्का गरे ।

आर्मीका जितेन्द्र मुखिया र सुशन भारीले समान १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै १०३ रन बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले १४ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ४०रन बनाए । रोहित पौडेलले १० बलमा ४ छक्का मद्दतमा २८ रन बनाए ।

कुशल मल्लले १३ र भीम सार्कीले ११ रन जोडे । पुलिसका गुलशन झा र ललित राजवंशीले २-२ तथा रासिद खान र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।





थप समाचार

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]

गायकवाडको अर्धशतकमा चेन्नईले पञ्जाबलाई दियो १६३ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा कप्तान ऋतुराज गायकवाडको अर्धशतकको सहयोगमा चेन्नई सुपर […]