डीएभीलाई उपाधि

चौंथो सुशील केडिया मेमोरियल अन्तर स्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि आयोजक डीएभी स्कुलले जितेको छ।

ललितपुरस्थित भनिमन्डलमा सम्पन्न प्रतियोगिताको फाइनलमा डीएभीले मोडर्न इन्डियन स्कुललाई ५ विकेटले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै मोडर्न इन्डियनले दिएको १०६ रनको लक्ष्य डीएभीले २ बल बाँकी रहंदा ३ विकेट गुमाएर भेटायो।

डीएभीको जितमा आयुष झाले अविजित रहँदै ४२ रन बनाए भने आदर्श अग्रवालले २५ रन योगदान दिए। मोर्डन इन्डियनको ब्याटिंगमा मृत्युन्जय पलले ४९ रन योगदान दिएता पनि जितको लागि पर्याप्त हुन सकेन।

प्रतियोगिताको उत्कृस्ट खेलाडी मोडर्न इन्डियन स्कुलका आयुष जैसवाल घोषित भए। यस्तै उत्कृस्ट ब्याट्सम्यान इन्डियन स्कुलकै मृत्युन्जय पल तथा उत्कृस्ट बलर डीएभीका आयुष जैसवाल घोषित भए।

प्रतियोगितामा डीएभी र मोडर्न इन्डियन संगै बर्नहार्ट कलेज र ब्लु बर्ड स्कुल सहभागी थिए। सहभागी ४ वटै टिमले एक अर्का बिरुद्ध लिग चरणमा एक/एक खेल खेलेपछि उत्कृस्ट दुई टिम फाइनल पुगेका थिए।





थप समाचार

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]