डीएभीलाई उपाधि

२०७९ आश्विन ५, बुधबार १८:५३

चौंथो सुशील केडिया मेमोरियल अन्तर स्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि आयोजक डीएभी स्कुलले जितेको छ।

ललितपुरस्थित भनिमन्डलमा सम्पन्न प्रतियोगिताको फाइनलमा डीएभीले मोडर्न इन्डियन स्कुललाई ५ विकेटले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै मोडर्न इन्डियनले दिएको १०६ रनको लक्ष्य डीएभीले २ बल बाँकी रहंदा ३ विकेट गुमाएर भेटायो।

डीएभीको जितमा आयुष झाले अविजित रहँदै ४२ रन बनाए भने आदर्श अग्रवालले २५ रन योगदान दिए। मोर्डन इन्डियनको ब्याटिंगमा मृत्युन्जय पलले ४९ रन योगदान दिएता पनि जितको लागि पर्याप्त हुन सकेन।

प्रतियोगिताको उत्कृस्ट खेलाडी मोडर्न इन्डियन स्कुलका आयुष जैसवाल घोषित भए। यस्तै उत्कृस्ट ब्याट्सम्यान इन्डियन स्कुलकै मृत्युन्जय पल तथा उत्कृस्ट बलर डीएभीका आयुष जैसवाल घोषित भए।

प्रतियोगितामा डीएभी र मोडर्न इन्डियन संगै बर्नहार्ट कलेज र ब्लु बर्ड स्कुल सहभागी थिए। सहभागी ४ वटै टिमले एक अर्का बिरुद्ध लिग चरणमा एक/एक खेल खेलेपछि उत्कृस्ट दुई टिम फाइनल पुगेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy