टि-ट्वान्टी सिरिजमा भारतको अग्रता

भ्रमण टोलि दक्षिण अफ्रीका बिरुद्ध तिन खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा भारतले सुरुवाती अग्रता पाएको छ।

केरला स्थित ग्रिनफिल्ड अन्तर्राष्ट्रिय स्टेडियममा ८ विकेटको जित दर्ता गर्ने क्रममा भारतले १०७ रनको लक्ष्य भारतले २ विकेट गुमाएर १६.४ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा भारतको सुरुवात सुस्त रह्यो। पावरप्लेमा भारतले अहिलेसम्मकै कम १७ रन बनायो। रोहित शर्मा खाता नखोली तथा बिराट कोहली ३ रन बनाएर आउट भए। तेश्रो विकेटको लागि ओपनर केएल राहुल र सुर्यकुमार यादवले अर्धशतकीय साझेदारी गर्दै टिमलाई उकासे। राहुलले अविजित ५१ तथा यादवले अविजित ५० रन बनाए। राहुलले ५६ बलमा २ चौका र ४ छक्का तथा यादवले ३३ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

दक्षिण अफ्रीकाको बलिंगमा कागीसो रबाडा र एनरिक नोर्कियाले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ८ विकेट गुमाएर १०६ रन बनायो।

भारतीय फास्ट बलरहरुले घातक बलिंग गर्दा दक्षिण अफ्रीकाले पहिलो ५ विकेट ९ रनको योगफलमा गुमायो। त्यसपछि एडेन मारक्रमले छैठौं विकेटको लागि वायन पार्नेलसंग ३३ रनको साझेदारी गरे। मारक्रम २५ र पार्नेल २४ रन बनाएर आउट भएपछि आठौँ नम्बरमा ब्याटिंग गरेका केशव महाराजले ४१ रन बनाउदै योगफल सय रन पार गराए। हर्षल पटेलबाट अन्तिम ओभरमा आउट हुनु अघि महाराजले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

भारतको बलिंगमा देब्रे हाते पेसर अर्शदिप सिंहले सर्वाधिक ३ विकेट लिए भने दिपक चाहर र हर्षल पटेलले २/२ विकेट लिए। अक्षर पटेलले १ विकेट लिंदा किफायती बलिंग गरेका रभीचन्द्रन आश्विन विकेटविहिन रहे। आश्विनले ४ ओभरमा १ मेडन गर्दै ८ रन मात्र खर्चिए।

सिरिज अन्तर्गत दोश्रो खेल अक्टोबर २ तारिखमा तथा तेश्रो खेल अक्टोबर ४ तारिखमा खेलिनेछ। त्यसपछि दुई देश बीच तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलिनेछ।





थप समाचार

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]