बिरगंज लेजेन्ड्स कप : पहिलो दिन भेट्रान्स र हिरोज विजयी

बिरगंजका पूर्व क्रिकेटरहरु र पर्सा क्रिकेट संघको सहकार्यमा बिरगंजमा अलटाईम लेजेन्ड्स क्रिकेट कप सुरु भएको छ।

दुई दिन चल्ने प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न दुईवटा खेलमा बिरगंज भेट्रान्स र बिरगंज हिरोज विजयी भएका छन्।

नारायणी रंगशालामा सम्पन्न पहिलो खेलमा बिरगंज अल स्टार्सले दिएको ८५ रनको लक्ष्य बिरगंज भेट्रान्सले ११.१ ओभरमा ४ विकेट गुमाएर भेटायो र ६ विकेटको जित दर्ता गर्यो।

भेट्रान्सको जितमा बलिंग तर्फ फैयज शेख, उज्वल श्रेष्ठ र दिपेन्द्र शाहले २/२ विकेट लिए भने ब्याटिंगतर्फ ओपनर सुबास भण्डारीले सर्वाधिक २२, प्रकाश शर्माले १७ तथा दिपेन्द्र शाहले १६ रन योगदान दिए। अल स्टार्सको लागि मुर्तजा हलवाईले १५ तथा शेर मोहमद र अनुप नगरकोटीले समान १४ रन बनाए भने बलिंगतर्फ राजिभ श्रेष्ठले २ विकेट लिएता पनि जित्न पर्याप्त रहेन।

शनिवारनै सम्पन्न दोश्रो खेलमा बिरगंज हिरोजले बिरगंज लेजेन्ड्सलाई ८ विकेटले पराजित गर्यो। लेजेंड्सले दिएको १०१ रनको लक्ष हिरोजले मात्र २ विकेट क्षतिमा ८.४ ओभरमै भेटायो।

बिरगंज हिरोजको जितमा ब्याटिंगतर्फ जय प्रकाश सर्राफले ३१, सुबाश क्षेत्रीले ३० तथा दिवश सिंह ठकुरीले १० रन योगदान दिए भने बलिंगतर्फ उमर फारुख अन्सारी र जहुर अन्सारीले १/१ विकेट लिए। बिरगंज लेजेन्ड्सका सन्तोष शाहले ३३, बाबुजान अन्सारीले २६ तथा बलिंगमा बब्लु इजहर र प्रदिप कुसवाहाले १/१ विकेट लिएता पनि जित्न पर्याप्त रहेन।

प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन आइतबार बिरगंज हिरोज र बिरगंज अल स्टार्स बीच तथा बिरगंज भेट्रान्स र बिरगंज लेजेन्ड्स बीच प्रतिस्पर्धा हुने आयोजना संयोजक सुदिप मानन्धरले जानकारी गराए।





थप समाचार

राजस्थानको लगातार चौथो जित, राजस्थानको प्लेअफ सम्भावना बलियो

काठमाडौं । जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)मा राजस्थान रोयल्सले लगातार चौथो जित निकाल्दै शीर्ष चारमा रहदै प्लेअफमा स्थान […]

दिल्लीद्वारा मुम्बई पराजित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४३ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । घरेलु […]

रोहितको शतकमा नेपालको जित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा जितेको छ […]

नेपालले पायो २०५ रनको लक्ष्य

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी२० सिरिजको पहिलो खेलमा २ सय ५ रनको लक्ष्य पाएको छ […]

नेपालले टस जित्यो, अनिल खेल्दै

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहितकुमार […]

नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिज आजबाट

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए ले नेपालको सिनियर राष्ट्रिय टोलीसँग पाँच खेलको टी२० सिरिज आजबाट सुरु गर्दैछ […]