ज्ञानेन्द्रको शतकमा काठमाडौँ विजयी

आइतबार सुरु भएको प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगितामा राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन्।

मल्लको शतक मद्दतले काठमाडौँले भक्तपुरलाई ५४ रनले पराजित गरेको छ। काठमाडौँले दिएको २२९ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १७४ रन मात्र बनाउन सक्यो। सौरभ साखाकर्मीले ६० रन बनाएता पनि जित्न पर्याप्त रहेन। काठमाडौँका बलर अरियो पौडेल र दिपक महतोले ३/३ विकेट लिए।

पहिले ब्याटिंग गर्ने क्रममा काठमाडौँले ४० ओभरमा ५ विकेट क्षेतीमा २२८ रन बनाएको थियो। ज्ञानेन्द्र मल्लले ११३ रन योगदान दिए। यस्तै अर्का राष्ट्रिय क्रिकेटर इशान पाण्डेले ५३ रन बनाए। भक्तपुरका बलर रामाशिष महतोले ३ तथा बिनित दासले २ विकेट लिए।

आजै सम्पन्न दोश्रो खेलमा ललितपुरले नुवाकोटलाई ११८ रनले हरायो। ललितपुरले दिएको २१० रनको लक्ष्य पछ्याएको नुवाकोट ९१ रनमै समेटियो। ललितपुरको जितमा ब्याटिंगतर्फ दुर्गेश थापाले ९० तथा बिबेक राना मगरले ५५ रन बनाए भने बलिंगतर्फ तिलक भण्डारीले ३ तथा योनेश थापा र हरिओम जोशीले २/२ विकेट लिए। नुवाकोटको लागि योगेश भाटले ४१ रन बनाए भने अभिराज यादवले २ विकेट लिए।

प्रतियोगितामा ललितपुर, काठमाडौँ, नुवाकोट, भक्तपुर, चितवन, मकवानपुर र त्रिभुवन विश्वविद्यालय गरि सात तिन सहभागी छन्। समुह ‘ए’ मा ललितपुर, काठमाडौँ, नुवाकोट, भक्तपुर छन् भने समुह ‘बि’ मा चितवन, मकवानपुर र त्रिभुवन विश्वविद्यालय छन्। समुह चरणको खेलमा सबैले एक अर्का संग १/१ खेल खेलेपछि समुह दुवै समुहको विजेताले फाइनल खेल्नेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]