ज्ञानेन्द्रको शतकमा काठमाडौँ विजयी

२०७९ आश्विन ३०, आईतवार १९:५६

आइतबार सुरु भएको प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगितामा राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन्।

मल्लको शतक मद्दतले काठमाडौँले भक्तपुरलाई ५४ रनले पराजित गरेको छ। काठमाडौँले दिएको २२९ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १७४ रन मात्र बनाउन सक्यो। सौरभ साखाकर्मीले ६० रन बनाएता पनि जित्न पर्याप्त रहेन। काठमाडौँका बलर अरियो पौडेल र दिपक महतोले ३/३ विकेट लिए।

पहिले ब्याटिंग गर्ने क्रममा काठमाडौँले ४० ओभरमा ५ विकेट क्षेतीमा २२८ रन बनाएको थियो। ज्ञानेन्द्र मल्लले ११३ रन योगदान दिए। यस्तै अर्का राष्ट्रिय क्रिकेटर इशान पाण्डेले ५३ रन बनाए। भक्तपुरका बलर रामाशिष महतोले ३ तथा बिनित दासले २ विकेट लिए।

आजै सम्पन्न दोश्रो खेलमा ललितपुरले नुवाकोटलाई ११८ रनले हरायो। ललितपुरले दिएको २१० रनको लक्ष्य पछ्याएको नुवाकोट ९१ रनमै समेटियो। ललितपुरको जितमा ब्याटिंगतर्फ दुर्गेश थापाले ९० तथा बिबेक राना मगरले ५५ रन बनाए भने बलिंगतर्फ तिलक भण्डारीले ३ तथा योनेश थापा र हरिओम जोशीले २/२ विकेट लिए। नुवाकोटको लागि योगेश भाटले ४१ रन बनाए भने अभिराज यादवले २ विकेट लिए।

प्रतियोगितामा ललितपुर, काठमाडौँ, नुवाकोट, भक्तपुर, चितवन, मकवानपुर र त्रिभुवन विश्वविद्यालय गरि सात तिन सहभागी छन्। समुह ‘ए’ मा ललितपुर, काठमाडौँ, नुवाकोट, भक्तपुर छन् भने समुह ‘बि’ मा चितवन, मकवानपुर र त्रिभुवन विश्वविद्यालय छन्। समुह चरणको खेलमा सबैले एक अर्का संग १/१ खेल खेलेपछि समुह दुवै समुहको विजेताले फाइनल खेल्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy