पुलिस र एपीएफ स्वर्णपदकको लागि खेल्ने

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच स्वर्ण पदकको लागि भिडन्त हुने भएको छ । फाइनल मंगलबार खेलिनेछ।

पहिलो सेमीफाइनल : सोमबार सम्पन्न पहिलो सेमीफाइनलमा एपीएफले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्यो।

पहिले ब्याटिंग गरेको एपीएफले २० ओभरमा ३ विकेट गुमाएर १२९ रन बनाएको थियो। ओपनर ज्योति पाण्डेले प्रतियोगिताकै सर्वाधिक स्कोर बनाउने क्रममा अविजित रहँदै ६१ बलमा ७ चौका प्रहार गर्दै ६९ रन बनाईन्। ममता चौधरीले १६, रोम थापाले अविजित १२ तथा सिता राना मगरले ११ रन बनाईन्। लुम्बिनी बलर कृतिका मरासिनीले २ विकेट हात पारिन्।

लक्ष्य पछ्याउने क्रममा लुम्बिनी १८.२ ओभरमा ६२ रनमा समेटियो। उसको लागि सुष्मिता बजगाईले सर्वाधिक १२ रन बनाईन् भने अतिरिक्त मार्फत पाएको २० रन सर्वाधिक योगदान रह्यो।

एपीएफ बलर नेरी थापाले आफ्नो पूर्व टिम बिरुद्ध ४ विकेट हात पारिन् जुन क्रममा ४ ओभरमा मात्र ७ रन खर्चिन्। रेखा रावल, सुमन बिस्ट, इन्दु बर्मा र सिता राना मगरले १/१ विकेट हात पारिन्।

ज्योति पाण्डे प्लेयर अफ द म्याच घोषित भईन्।

दोस्रो सेमीफाइनल : दोश्रो सेमीफाइनलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ३६ रनले पराजित गर्दै पहिलो प्रतियोगितामा फाइनल पुगेको हो। पुलिसले दिएको १२४ रनको लक्ष्य पछ्याएको बागमतीले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट नोक्सानीमा ८७ रन मात्र बनायो।

बागमतीको लागि सुमन खतिवडाले २३, कप्तान अश्मिना कर्माचार्यले १८ रन तथा आरती बिडारीले ११ रन योगदान दिए। पुलिसको बलिंगमा कविता कुँवरले ३ विकेट हात पार्ने क्रममा ४ ओभरमा ६ रन मात्र खर्चिन्। इश्वरी बिस्टले २ तथा रुबिना क्षेत्री र संगीता राईले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर १२३ रन बनायो। पुलिसको लागि ओपनर काजल श्रेष्ठले सर्वाधिक ४६ रन योगदान दिईन्। अर्का ओपनर कविता कुँवरले २६ रन बनाउदा कप्तान रुबिना क्षेत्रीले अविजित १७ तथा कविता जोशीले अविजित १५ रन बनाए। काजल र कविताले ७० रनको ओपनिंग साझेदारी गरे भने पाँचौ विकेटको लागि रुबिना र कविताले अविजित ३५ रन जोडे।

बागमतीको बलिंगमा अश्मिना कर्माचार्य, खुसि डंगोल र सुमन खतिवडाले १/१ विकेट लिए।

 





थप समाचार

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]