टि-२० विश्वकप : जिम्बाब्वेलाई पराजित गर्दा वेस्टइन्डिजको सुपर-१२ सम्भावना कायमै

जिम्बाब्वेलाई ३१ रनले पराजित गर्दै वेस्टइन्डिजले अस्ट्रेलियामा जारि टि-ट्वान्टी विश्वकपमा पहिलो जित हात पारेको छ। पहिलो खेलमा वेस्टइन्डिज स्कटल्याण्डसंग पराजित भएको थियो। जिम्बाब्वेले पहिलो खेलमा आयरल्याण्डलाई ३१ रनले पराजित गरेको थियो।

होबार्ट स्थित बेलिरिभ ओभलमा सम्पन्न समुह ‘बि’ को खेलमा वेस्टइन्डिजले दिएको १५४ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले १८.२ ओभरमा १२२ रन मात्र बनायो।

लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले ६४ रन बनाउदा ५ विकेट गुमायो। त्यसपछि रायन बर्ल र लुक जोंग्वे केहि बेर क्रिजमा जमेता पनि लामो समय क्रिजमा जम्न सकेनन्। जोंग्वेले २९ तथा बर्लले १७ रन बनाए भने सिकन्दर राजाले १४ रन मात्र बनाउन सके।

वेस्टइन्डिज बलर अल्जारी जोसेफ एक्लैले करियर उत्कृस्ट स्पेल दर्ता गर्दै ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १६ रन खर्चिए। जेसन होल्डरले ३ विकेट लिए भने अकेल होसेन, ओबेद मयाकोय र ओडेन स्मिथले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट क्षेतीमा १५३ रन बनाएको थियो।

विन्डीज ओपनर जोन्सन चार्ल्सले सर्वाधिक ४५ रन बनाए। रोभम्यान पावेलले २८, अकेल होसेनले २३ रन बनाए। १०१/६ को अवस्थामा पावेल र होसेनले २४ बलमा ४९ रनको साझेदारी गर्दै इनिंग्स उकासेका थिए।

जिम्बाब्वेको बलिंगमा सिकन्दर राजाले ३ विकेट, ब्लेसिंग मुजरबानीले २ विकेट तथा सिन विलियम्सले १ विकेट लिए।

आजै सम्पन्न समुह ‘बि’ अन्तर्गतकै खेलमा आयरल्याण्डले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो।

अंकतालिका 

जितपछि समुह ‘बि’ को अंकतालिका रोचक बनेको छ सबै ४ वटा टिमले ( स्कटल्याण्ड, जिम्बाब्वे, वेस्टइन्डिज, आयरल्याण्ड ) २ वटा खेल खेल्दा १ जित र १ हार बेहोरेका छन्।

शुक्रबार हुने वेस्टइन्डिज र आयरल्याण्ड तथा स्कटल्याण्ड र जिम्बाब्वे बीचको खेलमा विजयी हुने दुई टिम सुपर-१२ चरण प्रवेश गर्नेछन्।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]