प्रधानमन्त्री कप छनोट : अनिलको आक्रामक शतकमा बारा विजयी

पाँचौ संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेश सिनियर एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा राष्ट्रिय क्रिकेटर अनिल शाहले आक्रामक शतकीय इनिंग्स खेलेका छन्।

बाराको प्रतिनिधित्व गरिरहेका अनिलले शतक बनाउदै टिमको १६४ रनको जितमा अहम योगदान दिएका हुन्। अनिलको शतक मद्दतले बाराले निर्धारित ५० ओभरमा ६ विकेट क्षेतीमा ३०६ रन बनायो। प्रतिउत्तरमा पर्सा ३७.२ ओभरमा १४२ रनमै समेटियो।

आक्रामक ब्याटिंग गरेका अनिलले ११५ बलमा १४ चौका र ९ छक्का मद्दतले १४९ रन बनाए। चौंथो विकेटको लागि अनिलले अरनिको यादवसंग १३९ रनको साझेदारी गरे। यादवले २५ रन बनाए। तृत राज दसले ३४, मेगराज महराले २३ रन तथा निकेश गुप्तले २५ रन बनाए। पर्साका सैफुल्लाह अन्सारी र रंजित कुमारले ३/३ विकेट लिए। दोश्रो इनिंग्समा बाराका निखिल सिंहले ५ विकेट लिंदै पर्साको इनिंग्स ध्वस्त पारे। कुमार थापाले २ विकेट लिए। पर्साका अल्फाज मन्सुरीले ३६ रन बनाए।

शुक्रबारनै सम्पन्न दोश्रो खेलमा रौतहटले सर्लाहीलाई १० विकेटले पराजित गर्यो जुन क्रममा सर्लाहीले दिएको १९० रनको लक्ष्य विकेट नगुमाई पुरा गर्यो। रौतहटका ओपनर डब्लु मालिकले अविजित शतक बनाउने क्रममा ९७ बलमा १४ चौका र २ छक्का मद्दतले १०१ रन बनाए। अरभिन्द जैसवालले अविजित ७५ रन बनाए। रौतहटको बलिंगतर्फ राजेश यादवले ३ तथा नरेश शाहले २ विकेट लिए।





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]