टि-२० विश्वकप : सनसनीपूर्ण खेलमा जिम्बाब्वेद्वारा पाकिस्तान १ रनले पराजित

अस्ट्रेलियामा जारि टि-२० विश्वकपको सुपर-१२ चरण अन्तर्गत आफ्नो दोश्रो खेलमा जिम्बाब्वेले पाकिस्तानलाई १ रनले पराजित गरेको छ।

पर्थ मैदानमा जिम्बाब्वेले दिएको १३१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले पुरै २० ओभर ब्याटिंग गरेता पनि १२९ रन मात्र बनायो। टि-२० अन्तर्राष्ट्रियमा पाकिस्तान बिरुद्ध जिम्बाब्वेको यो मात्र दोश्रो जित हो।

लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको पाकिस्तानले ३६ रन बनाउदा ३ विकेट गुमायो .मोहम्मद रिजवान १४ तथा कप्तान बाबर आजम ४ रन बनाएर आउट भए। इफ्तिखार एहमदले ५ रन मात्र बनाउन सके। तेश्रो नम्बरमा आएका शान मसुदले एक किनार सम्हाल्दै चौन्धो विकेटको लागि शदाब खानसंग ५२ रन जोडे। चौधौं ओभरमा सिकन्दर रजाले १७ रन बनाएका शदाब खान र लगत्तै बलमा हैदर अलिको विकेट लिंदै जिम्बाब्वेलाई खेलमा फर्काए।

४४ रन बनाएका शान मसुदलाई स्टम्प आउट गर्दै रजाले टिमलाई बलियो अवस्थामा पुर्याए।

अन्तिम ४ ओभरमा पाकिस्तानलाई जित्न ३२ रन आवस्यक रह्यो। मोहम्मद नवाज र मोहम्मद वासिमले त्यसपछि विकेट जोगाएर ब्याटिंग गरे।

सत्रौं ओभरमा नगरभाले मात्र ३ रन खर्चिए। अठारौं ओभरमा मुजरबानीले ७ र खर्चिए। अन्तिम २ ओभरमा २२ रन आवस्यक रह्यो। उन्नाईसौं ओभरमा नगरभाले पहिलो ३ बलमा ४ रन दिएता पनि चौंथो बलमा नवाजले फुलटस बललाई छक्का प्रहार गरे। ओभरमा नगरभाले ११ रन दिए।

अन्तिम ओभरमा जित्न ११ रन आवस्यक रह्यो। ब्राड इभान्स अन्तिम ओभर बलिंग गर्न आए। ओभरको पहिलो बलमा नवाजले ३ रन लिए। दोस्रो बलमा वासिमले बलरको माथिबाट चौका प्रहार गरे। तेश्रो बलमा वासिमले १ रन लिंदा ३ बलमा जित्न ३ रन आवस्यक रह्यो। चौंथो बल इभान्सले डट बल फाले। पाँचौ बलमा इभान्सले २२ रन बनाएका मोहम्मद नवाजलाई मिड-अफमा क्याच आउट गराए।

अन्तिम बलमा जित्न पाकिस्तानलाई ३ रन आवस्यक रह्यो। अन्तिम बलमा शाहिन अफ्रिदीले एक रन पुरा गरे पछि दोश्रो रन लिन खोज्दा रन आउट हुन् पुगे। जिम्बाब्वे एक रनले विजयी भयो। मोहम्मद वासिम १२ रनमा अविजित रहे पनि जित दिलाउन सकेनन्।

जिम्बाब्वेको बलिंगमा सिकन्दर रजाले सर्वाधिक ३ विकेट ( ३-२५ ) लिए। ब्राड इभान्सले २ विकेट लिंदा ब्लेसिंग मुजरबानी र लुक जोंगवेले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको जिम्बाब्वेले २० ओभरमा ८ विकेट क्षेतीमा १३० रन बनायो। उसको लागि सिङ विलियम्सले सर्वाधिक ३१ रन बनाए भने ब्राड इभान्स र कप्तान क्रेग इर्भिनले समान १९ तथा वेस्ली मधिभिरेले १७ रन बनाए।

९५ रनमा ३ विकेट गुमाएको अवस्थामा चौधौं ओभरमा शदाब खानले दुई विकेट लिएपछि जिम्बाब्वेले ठूलो योगफल बनाउन सकेन। आठौँ विकेटको लागि रायन बर्ल र ब्राड इभान्सले महत्वपूर्ण ३१ रनको साझेदारी गरे। बर्लले अविजित १० रन बनाए।

पाकिस्तान बलर मोहम्मद वासिमले ४ विकेट ( ४-२४ ), शदाब खानले ३ विकेट ( ३-२३ ) तथा हरिस रौफले १ विकेट लिए।

पाकिस्तान पहिलो खेलमा भारतसंग ४ विकेटले पराजित भएको थियो भने जिम्बाब्वे र दक्षिण अफ्रीका बीचको खेल वर्षाले रद्द हुँदा एक अंक पाएको थियो।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]