दबाबमा नेरीको ब्याटिंगले जोगियो नेपाल, एमसीसी २ विकेटले पराजित

नेपाल भ्रमणमा रहेको इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब ( एमसीसी ) लाई शनिवार सम्पन्न ४० ओभरको खेलमा नेपाल क्रिकेट संघ ( क्यान ) ११-ले २ विकेटले पराजित गरेको छ।

पोखरा स्थित पोखरा रंगशालामा २ विकेटको जित दर्ता गर्ने क्रममा एमसीसीले दिएको ११४ रनको लक्ष्य नेपालले ३४.४ ओभरमा ८ विकेट क्षेतीमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात खराब रह्यो। शिर्ष-३ ब्याटरहरु काजल श्रेष्ठ, सिता राना मगर र इन्दु बर्मा खाता नखोली आउट भए। चौथो विकेटका लागि मैदान आएकी सुमन खतिवडाले व्यक्तिगत ८ रनमा पेभिलिएन फर्किएपछि उनी संगै सातौं स्थानमा मैदान उत्रिएकी सम्झना खड्का वोल्ड हुँदै १ रन जोडर मैदान छोडेकी थिइन् । त्यस्तै रुविना क्षेत्रीले १३ र कविता जोशीले १ रन जोडिन् ।

१६.२ ओभरमा ३६ रनमा ६ विकेटको नोक्सानी व्यहोरेको नेपालको पालीलाई नेरी थापा र कविता कुंवरको जोडीले सम्हालेको थियो । नेरीले ४८ बलमा ४ चौकाको मद्धतले नट आउट रहँदै ३३ रन बनाएकी थिइन् भने कविताले १६ रनको योगदान दिइन् । यसै गरी अस्मिना कमाचार्यले नट आउट रहँदै १८ रन बनाउन सफल भइन् ।अतिरिक्त रनको रुपमा नेपालले २४ रन पायो।

एमसीसीका लागि रिया रावल र रिचेल पोटरले समान २/२ विकेट हात पार्दा सावा नासिम, अवी ह्वाइग्रोभ, अमन्दा पोटगिजर र इशावेली गुर्नीले समान १/१ विकेट लिएका थिए ।

टस जितेर व्याटिङ रोजेको एमसीसीले पुरै ४० ओभर खेल्दै ९ विकेटको क्षतीमा ११३ रन मात्रै बनाउन सक्यो । एमसीसीका लागि क्लेरी टेलरले २०, जेनी किटजिङरले २१, अवि ह्वाइग्रोभले १०, एलिसा हुवार्ड १३, मिया रोजर्स ४, अमन्दा पोटगिजर १६, रेचल पोटरले ९, जो फोष्टर र मेरिलिन स्मिथले समान ३/३ र इशावेली गुर्नेले १ रन बनाएकी थिइन ।

नेपालका लागि रुविना क्षेत्री र सिता राना मगरले समान ३/३ विकेट हात पार्दा नेरी थापा र इन्दु बर्माले समान १/१ विकेट लिएका थिए ।

खेलमा नेपालकी नेरी थापा म्यान अफ दि म्याच घोषित भइन् ।

हिजो सम्पन्न टि-२० मा पनि क्यान-११ ले एमसीसीलाई १९ रनले पराजित गरेको थियो।

( फोटो र समाचार साभार – पोखरास्पोर्ट्स )

सम्बन्धित 

एमसीसी बिरुद्ध रुबिनाको ह्याट्रिक





थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समीकरण तय

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका […]

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]