सन्दीप लामिछाने विरुद्ध अदालतमा मुद्दा दर्ता, १२ वर्ष कैद सजाय माग

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध सोमबार काठमाडौं जिल्ला अदातलमा नाबालिका बलात्कारसम्बन्धी मुद्दा दर्ता भएको छ ।

सन्दीपविरुद्ध यसअघि परेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान सकेर अघिल्लो शुक्रबार नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरीको सोही अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले सोमबार अदालतमा मुद्दा दायर गरेको हो ।

सन्दीपविरुद्धको मुद्दामा १० देखि १२ वर्ष कैद सजायको माग गरिएको छ । नाबालिका बलात्कार आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी हिरासतमा राखेर छानबिन गर्दै आएको थियो ।

तीन पटक छानबिनका लागि अदालतबाट म्याद थप गरी प्रहरीले सन्दीपमाथि अनुसन्धान गर्दै आएको थियो । सन्दीपले नाबालिकालाई भदौ ५ गते काठमाडौंको गौशाला नजिक एक होटलमा लगेर बलात्कार गरेको भन्दै भदौ २१ गते सन्दीपविरुद्ध उजुरी परेको थियो ।

सन्दीपले भने आफूमाथि लागेको आरोप झुट्टा भएको र आरोप लगाउने व्यक्ति नाबालिका नभएको बताउँदै आएका छन् । सन्दीपको मुद्दामा मङ्गलबारदेखि अदालतले बयान गराउने र थुनछेक बहस सुरु गर्ने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।





थप समाचार

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]

गायकवाडको अर्धशतकमा चेन्नईले पञ्जाबलाई दियो १६३ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा कप्तान ऋतुराज गायकवाडको अर्धशतकको सहयोगमा चेन्नई सुपर […]

विश्वकपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ […]