सन्दीप लामिछानेको सम्पत्ति रोक्का गर्न माग, बैङ्क खातामा ६५ हजार मात्र

Sandeep Lamichhane ( Photo : Chris Whiteoak / The National )

बलात्कार आरोपमा सोमबार अदालतमा मुद्दा दर्ता गरिएका क्रिकेटर सन्दीप लामिछानेको चल अचल सम्पत्ति रोक्का गर्न माग गरिएको छ।

काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार सन्दीपको एनआईजी एसिया बैङ्कमा रहेको खातामा रहेको रकम रोक्का गर्न माग गरिएको छ भने उनको नाममा रहेको जग्गा पनि रोक्का गर्न माग गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले सन्दीपको बैङ्क खातामा ६५ हजार २ सय ९८ रुपैयाँ रहेको पाइएको बताए ।

जबरजस्ती करणी मुद्दामा पीडितलाई क्षतिपूर्तिको व्यवस्था रहेकाले आरोपीको नाममा रहेको बैङ्क खाता र जग्गा रोक्का गर्ने चलन रहेको उनले बताए।

सन्दीपविरुद्ध १० देखि १२ वर्ष कैद सजाय माग गर्दै काठमाडौँ जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता भएको छ । सन्दीपविरुद्ध एक १७ वर्षीया किशोरीले बलात्कार आरोप लगाएकी थिइन् ।

सन्दीप असोज २० देखि प्रहरी हिरासतमा छन् । अभियोग पत्र सोमबार भए पनि बयान र थुनछेकको बहसको काम मङ्गलवारबाट मात्र सुरु हुने छ।

सम्बन्धित : 

सन्दीप लामिछाने विरुद्ध अदालतमा मुद्दा दर्ता, १२ वर्ष कैद सजाय माग





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]