प्रधानमन्त्री कप : बागमतीको लगातार तेश्रो हार, गण्डकीको लगातार दोश्रो जित, लुम्बिनीको उत्कृस्ट सुरुवात

काठमाडौंंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३२ रनले पराजित गर्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । यसअघि भएको पहिलो खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशमाथि ६९ रनको जित दर्ता गरेको थियो।

गण्डकीले दिएको २ सय ९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ७६ रन बनाउन सक्यो । कर्णालीका हिमांसु शाहीले ६९ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीको जितका लागि पर्याप्त भएन । उनले १ सय १६ बलको सामना गर्दा ८ चौका प्रहार गरे । कप्तान रविन्द्र शाहीले ४२ रन जोड्दा प्रकाश जैसीले १५ रन बनाए । गण्डकीका सुवास भण्डारी र चन्द्र पौडेलले ३/३ विकेट लिए । विपिन खत्रीको नाममा २ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । गण्डकीका लागि अभिषेक बस्नेतले ५१ रनको अर्धशतकीय इनिङ खेले । ४५ बल खेलेका अभिषेकले ८ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै अर्जुन कुमालले ४९ रन जोड्दा विधान श्रेष्ठले ४६ रन बनाए । सुवास भण्डारी १४ रनमा आउट भए । कर्णालीका अनुज चुनाराले ४ विकेट लिए । प्रकाश जैसी र दिनेश अधिकारीले २ विकेट निकाले । स्कोरकार्ड, अंकतालिका 

जितसँगै समूह ‘ए’ को गण्डकीले २ खेलमा ४ अंक जोडेको छ । गण्डकी समूहको दोस्रो स्थानमा रहेको छ । उता कर्णालीले हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।

यस्तै बुधवार नै भएको अर्को खेलमा ज्ञानेन्द्र मल्लको टोली वागमती प्रदेश लुम्बिनी प्रदेशसँग ८ विकेटले पराजित भएको छ । यससँगै वागमतीले लगातार तेस्रो हार भोगेको छ । बागमतीले अन्तिम खेल कार्तिक २१ गते मधेश प्रदेशसंग खेल्नेछ।

बुधवार मुलपानी क्रिकेट मैदानमा वागतमीले प्रश्तुत गरेको १ सय ५५ रनको लक्ष्य लुम्बिनीले ३५.४ ओभरमा मात्र दुई विकेट क्षतीमा पूरा गर्‍यो । पहिलो खेलमा नेपाल पुलिस क्लवसँग पराजित भएको वागतमी दोस्रो खेलमा प्रदेश १ सँग निराश भएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले अविजित ७७ रन जोड्दा प्रजोल थापाले २९ रन जोडे । देवले १ सय १९ बलमा ८ चौका र २ छक्का प्रहार गरे । त्यस्तै सन्दीप रजाइलीले पनि अविजित २९ रन जोडे । वागतमीका प्रतिश जिसी र रिजन ढकालले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको वागमतीले ३८.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५४ रनको योगफल बनाएको थियो । वागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३३, दुर्गेश थापाले ३२ र ओपनर आशुतोषले २२ रन जोडे । ज्ञानेन्द्रले ४६ बलमा चार चौका र एक छक्का प्रहार गर्दा दुर्गेशले ४९ बला ४ चौका र १ छक्का प्रहार गरे । वागमतीका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोर अंकको स्कोर बटुल्न सकेनन् । लुम्बिनीका अनिल खरेलले सर्वाधिका ४ विकेट निकाल्दा विशाल विक्रम केसी र अभिषेक गौतमले समान २/२ विकेट लिए ।

स्कोरकार्ड, अंकतालिका 

जितसँगै लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ । लुम्बिनी समूह ‘बी’ को दोस्रो स्थानमा रहेको छ । वागमती ३ खेलमा अंक विहीन रहँदै पुछारमा रहेको छ । पुलिस ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा प्रदेश १, २ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

प्रतियोगितामा बिहीवार पनि दुई खेल हुनेछन् । मुलपानी क्रिकेट मैदानमा मधेस प्रदेश र प्रदेश १ तथा कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिसबीच खेल हुनेछ ।





थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न, माछापुच्छ्रे बैंक च्याम्पियन, आइसिएफसी उपविजेता

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंकले मंगलबार नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार […]

विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका तथा वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी२० विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको […]

सुर्यकुमारको शतकमा मुम्बईको सहज जित

काठमाडौं । सूर्यकुमार यादवको शतकको सहयोगमा मुम्बई इण्डियन्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि […]

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समीकरण तय

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका […]

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]