अफ्रिदी चम्किंदा पाकिस्तान टि-२० विश्वकपको सेमीफाइनलमा, बंगलादेश बाहिरियो

‘गर या मर’ को खेलमा  बंगलादेशलाई पराजित गर्दै पाकिस्तान अस्ट्रेलियामा जारि टि-२० विश्वकपको सेमीफाइनल पुगेको छ। आजको पहिलो खेलमा दक्षिण अफ्रीकालाई नेदरल्याण्डले पराजित गर्दा बंगलादेश र पाकिस्तान मध्ये विजयी हुने टिम सेमीफाइनल प्रवेश गर्ने समीकरण बनेको थियो।

विश्वकपको सुरुवात भारत र जिम्बाब्वेसंगको हारले गरेपछि पाकिस्तानले लगातार तिन जित दर्ता गर्ने क्रममा नेदरल्याण्ड, दक्षिण अफ्रीका र बंगलादेशलाई पराजित गरेको हो।

नेदरल्याण्डको जितले एक खेल अगावै भारत सेमीफाइनल पुगीसकेको थियो। आज १:४५ बजे देखि सुरु हुने भारत र जिम्बाब्वे बीचको खेलपछि समुह ‘२’ को विजेता को हुने तय गर्नेछ। पाकिस्तान ५ खेलमा ६ अंक सहित अंकतालिकाको शिर्ष स्थानमा छ। भारत विजयी भए समुह विजेताको रुपमा सेमीफाइनल पुग्नेछ। सेमीफाइनलमा समुह ‘२’ को विजेताले समुह ‘१’ को उपविजेता टिम इंग्ल्यान्डसंग तथा समुह ‘२’ को उपविजेताले समुह ‘१’ को विजेता न्युजिल्यान्डको सामना गर्नेछ।

एडीलेड ओभलमा बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ५ विकेट बाँकी हुँदा १८.१ ओभरमा भेटायो। मोहम्मद रिजवानले ३२, मोहम्मद हरिसले ३१, बाबर आजमले २५ तथा सहन मसुदले अविजित २४ रन बनाउदै पाकिस्तानलाई जित दिलाए। बंगलादेश बलर नसम एहमद, शाकिब अल हसन, मुस्तफिजुर रहमान र इबादत होसेनले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बंगलादेशले निर्धारित २० ओभर ब्याटिंग गर्दै ८ विकेट क्षेतीमा १२७ रन बनायो।

ओपनर नज्मुल होसेनले ५४ रन बनाउदै उत्कृस्ट सुरुवात दिलाएका पनि मध्यम ओभरमा लगातार विकेट गुम्दा बंगलादेश ठूलो योगफल बनाउन चुक्यो। अफिफ होसेनले अविजित २४, सौम्य सरकारले २० तथा लिटन दासले १० रन बनाए।

७३ रनमा १ विकेट गुमाएको अवस्थाबाट शाहिन अफ्रिदीले घातक बलिंग गर्दा बंगलादेश १०९/७ को अवस्थामा पुगेको थियो। एघारौं ओभरमा शदाब खानले सौम्य सरकार र शाकिब अल हसनको लगातार विकेट लिएपछि बंगलादेश निरन्तर दबाबमा रह्यो। शाकिबलाई टिभी अम्पायरले विवादास्पद तरिकाले आउट दिए।

पाकिस्तान बलर शाहिन अफ्रिदीले ४ विकेट ( २२-४ ) लिंदा शदाब खानले २ तथा हरिस रौफ र इफ्तिखार एहमदले १/१ विकेट लिए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]