PMcup : बागमतीलाई बराबरीमा रोक्दै मधेश प्रदेश पहिलो पटक सेमीफाइनलमा

समूहको आफ्नो अन्तिम खेलमा बागमती प्रदेशसँग बराबरी खेल्दै मधेस प्रदेश प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । मधेश प्रदेश सिनियर राष्ट्रिय क्रिकेटको इतिहासमै पहिलो पटक सेमीफाइनल पुग्न सफल भएको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बागमतीलाई बराबरीमा रोक्दै मधेसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले खेल सकिन ४ बल बाँकी छँदा सबै विकेट गुमाएर १ सय ९० रन नै बनायो ।

लक्ष्य पछ्याउने क्रममा बागमतीले १७५ रन बनाउदा ७ विकेट गुमाएको थियो। जितको लागि १५ रन आवस्यक हुँदा २५ रन बनाएका बिबेक मगरलाई प्रदिप पासवानले स्टम्प आउट गर्दै मधेशलाई खेलमा फर्काए। त्यसपछि जित्न २ रन आवस्यक हुँदा २८ रन बनाएका सुर्य तामांग ठूलो सट खेल्ने क्रममा पासवानबाट क्याच आउट भए। जित्न २ ओभरमा ३ रन आवस्यक हुँदा रुपेश सिंहले ४९ औं ओभरमा मात्र २ रन दिए।

९ विकेट गुमाइसकेको बागमतीलाई अन्तिम ओभरमा जितका लागि १ रन मात्र आवश्यक थियो । तर क्रिजमा रहेका बागमतीका रिजन ढकाललाई राजेश यादवले अन्तिम ओभरको दोश्रो बलमा एलबिडब्लु पार्दै खेल बराबरी पारे।

राम्रो सुरुवात गर्ने क्रममा बागमतीका शिर्ष तिन ब्याट्सम्यान रित गौतम, इशान पाण्डे र पृथु बास्कोटाले क्रमशः ३२, ३१ र ४० रन बनाएका थिए। कप्तान ज्ञानेन्द्र मल्लले २ रन मात्र बनाउन सके।

मधेशका राजेश यादव र प्रदीप पासवानले ३/३ विकेट लिँदा रुपेश सिंहको नाममा २ विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेस ४६ ओभर २ बलमा १ सय ९० रनमा अलआउट भयो । मधेसका रोहन विकले सर्वाधिक ६३ रन बनाए । बलिङमा बागमतीका स्पिनर सूर्य तामाङ र तीव्र गतिका बलर नन्दन यादवले ३/३ विकेट लिए । प्रतिश जि सी र रामनरेश गिरीले २/२ विकेट लिए ।

Scorecard , Points Table

जितसँगै ३ खेलबाट ५ अंक जोडेको दोस्रो स्थानमा रहँदै मधेस प्रतियोगितामा पहिलो पटक सेमिफाइनल पुगेको छ । यस समुहमा पुलिस ६ अंक सहित शीर्षस्थानमा रहँदै अन्तिम ४ पुगेको छ । अब पुलिस र मधेसबीचको खेलले समुह विजेताको छिनोफानो गर्नेछ । ४ खेल खेल्दा १ खेल बराबरी तथा अन्य तिन खेलमा हार पछि बागमती जितविहिन रह्यो। लुम्बिनीको ४ खेलमा ४ अंक तथा प्रदेश-१ को ४ खेलमा २ अंक रह्यो।

समुह ए बाट एपिएफ ४ खेलबाट ७ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ । अब भोलि हुने खेलमा कर्णालीलाई हराएको खण्डमा आर्मी उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्नेछ । तर कर्णाली विजयी भएको खण्डमा भने गण्डकी उपविजेता बन्दै अन्तिम चारमा पुग्नेछ ।

मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीलाई ५ विकेटले हराउँदै सुदुरपश्चिमले प्रतियोगितामा सान्त्वना जित निकाल्यो । १ सय ५१ रनको विजयी लक्ष्य सुदुरपश्चिमले २९ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ५० रन बनायो । जितसँगै सुदुरपश्चिम २ अंक बनाउँदै घर फर्किएको छ । यसअघिनै बाहिरीसकेको कर्णालीको यो लगातार तेस्रो हार हो ।





थप समाचार

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]