टि-२० विश्वकपकको फाइनल पुग्न पाकिस्तानलाई मध्यम लक्ष्य

अस्ट्रेलियामा जारि टि-ट्वान्टी विश्वकपको सेमीफाइनल जित्न न्युजिल्यान्डले पाकिस्तानलाई १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सिड्नी क्रिकेट ग्राउण्डमा टस जितेर ब्याटिंग रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५२ रन बनाएको हो।

ओपनर फिन एलेन ४ रन बनाएर पहिलो ओभरमा शाहिन अफ्रिदीबाट एलबिडब्लु भएपछि दोश्रो विकेटको लागि डेभोन कनवे र कप्तान केन विलियमसनले ३४ रन जोडे। छैठौं ओभरको अन्तिम बलमा कनवे रन आउट भए। आठौँ ओभरमा ग्लेन फिलिप्स ६ रन बनाएर आउट हुँदा न्युजिल्यान्ड दबाबमा आयो।

चौंथो विकेटको लागि विलियमसन र डेरेल मिहेलले ६८ रनको साझेदारी गरे। विलियमसन सत्रौं ओभरमा अफ्रिदीबाट बोल्ड भए जसले ४२ बलमा १ चौका र १ छक्का मद्दतले ४६ रन बनए। त्यसपछि मिचेलले जेम्स निशमसंग मिलेर इनिंग्स अघि बढाए। दुवैले पान्हौ विकेटको लागि अविजित ३३ रनको साझेदारी गरे।

मिचेलले ३४ बलमा ३ चौका र १ छक्का मद्दतले ५४ रन बनाए। निशमले १२ बलमा १ चौका मद्दतले अविजित १६ रन बनाए।

अन्तिम ५ ओभरमा पाकिस्तानले १ विकेट मात्र गुमएता पनि ४६ रन मात्र बनाउन सक्दा अझ ठूलो योगफल बनाउन चुक्यो।

पाकिस्तान बलर शाहिन अफ्रिदीले २ विकेट ( ४-०-२४-२ )  र मोहम्मद नवाजले १ विकेट लिए।

प्रतियोगिताको दोश्रो सेमीफाइनलमा भारत र इंग्ल्यान्ड भोलि बिहिबार प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]