टि-२० विश्वकप फाइनल वर्षाले विथोल्ने सम्भावना, खेल नभए के हुन्छ ? यस्तो छ नियम

टि-ट्वान्टी विश्वकप २०२२ को उपाधिको लागि आज इंग्ल्यान्ड र पाकिस्तान बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय दिउँसो १:४५ बजे मेलबर्न क्रिकेट ग्राउण्डमा हुनेछ।

सेमीफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै तथा इंग्ल्यान्डले एकतर्फी खेलमा भारतलाई १० विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।

वर्षाले खेल नभए के हुन्छ ? 

फाइनल खेल अघि फ्यानहरु उत्साहित हुँदै गर्दा मौसम पूर्वानुमानले भने चिन्ता छाएको छ। फाइनलमा भारि वर्षाको सम्भावना ९५ प्रतिशत छ भने २५ मिलिमिटरसम्म वर्षा हुन सक्नेछ।

राम्रो पक्ष यो छ कि वर्षाले खेल नभएता पनि रिजर्भ ‘डे’ को व्यवस्था गरिएको छ। यदी रिजर्भ डेमा पनि नतिजा न्निक्ले दुवै टिमलाई संयुक्त विजेता घोषित गरिनेछ। सन् २००२ को आईसीसी च्याम्पियन्स ट्रफीमा भारत र श्रीलंका दुवैलाई संयुक्त विजेता घोषित गरिएको थियो।

डीएल मेथडको लागि १० ओभरको खेल हुन आवस्यक 

आईसीसीले टि-२० विश्वकपको नियम अनुसार प्लेअफ म्याचमा डकवर्थ लुईस नियम ( डेएल मेथड ) बाट नतिजा निकाल्नको लागि १०-१० ओभरको खेल हुनु जरुरि छ। यदी वर्षाका कारण १०-१० ओभरको खेल पुरा हुन पाएन भने खेल जहाँबाट रोकिएको थियो रिजर्भ डेमा त्यहींबाट सुरु हुनेछ। एक पटक टस भएपछि खेललै “लाईभ’ मानिनेछ। रिजर्भ डेमा खेल सुरु भए नेपाली समय ९:४५ बजे विहान सुरु हुनेछ।

आईसीसीले फाइनल खेलको लागि सकिनु पर्ने अन्तिम समयमा दुई घण्टा थप पनि गरेको छ। आईसीसीले आज फाइनल खेलाउन सबै कोशिश गर्ने बताएको छ र सकभर रिजर्भ डेमा खेल नलैजान प्रयास गरेको बताएको छ।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]