युएई बिरुद्ध नेपाल टस जितेर फिल्डिंग गर्दै, हरिशंकर र अर्जुनको ओडीआई डेब्यु

२०७९ कार्तिक २८, सोमबार ०८:५५

Harishankar Shah

युएईको नेपाल भ्रमण अन्तर्गत तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिंग रोजेको छ। खेल टियु अन्तर्राष्ट्रिय मैदानमा  ९ बजे सुरु हुँदैछ।

देब्रे हाते ब्याटिंग अलराउण्डर हरिशंकर शाहले नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका छन्। उनले यस अघि नेपाली अन्डर-१९ टिमको प्रतिनिधित्व गरिसकेका छन्। देब्रे हाते ब्याट्सम्यान शाह माथिल्लो क्रममा ब्याटिंग गर्छन् भने अफ स्पिन बलिंग गर्न सक्छन्। उनले प्रधानमन्त्री कपमा मधेश प्रदेशको कप्तानी गरेका थिए भने लामो समय देखि प्रदेशको प्रतिनिधित्व गर्दै आएका छन्। शाहले सिनियर राष्ट्रिय टिममा स्थान नबनाएता पनि नेपालको सबै फ़्रेन्चाइज् लिगमा पहिलो रोजाईको खेलाडी रहँदै आएका छन्।

यस्तै केन्या भ्रमणमा अगस्टमा टि-ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु गरेका अर्जुन्स आउदले एकदिवसीय अन्तर्राष्ट्रियमा पनि डेब्यु गरेका छन्।

नेपालले आरिफ शेख, कमल सिंह ऐरी, भिम शर्की सागर ढकाल र मोहम्मद आदील आलमलाई बाहिर राखेको छ। देब्रे हाते स्पिनर ललित राजबंशी अन्तिम एघारमा छन्। फास्ट बलरमा करन केसी र सोमपाल कामि सहित गुल्सन झाले मौका पाएका छन्।

नेपालको अन्तिम एघार : रोहित पौडेल ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, करन केसी, दिपेन्द्र ऐरी, आसिफ शेख, अर्जुन साउद ( विकेटकिपर ) सोमपाल कामि, गुल्सन झा, हरि शंकर शाह, कुशल भुर्तेल, ललित राजवंशी

युएईको अन्तिम एघार : मुहम्मद वासिम, भृत्य अरविन्द, सिपि रिजवान ( कप्तान ) , बसिल हमिद, रोहन मुस्तफा, आयन खान, एहमद राजा, जुनैद सिद्दिकी, जहुर खान, अलिशन शरफु, हजरत बिलाल

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy