युएई राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर रोहन मुस्तफाले नेपाली क्रिकेट टिमले सन्दिप लामिछानेलाई मिस गरेको प्रतिक्रिया दिएका छन्।
युएईको नेपाल भ्रमण अन्तर्गत तिन एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल युएईसंग ८४ रनले पराजित भयो। खेलमा युएई राष्ट्रिय टिममा पुनरागमन गरेका रोहन मुस्तफाले युएईको लागि सर्वाधिक ५३ रनको योगदान दिनुको साथै ९ ओभरमा मात्र २७ रन खर्चेर १ विकेट लिए।
खेलपछि प्रतिक्रिया दिने क्रममा मुस्तफाले नेपालले मिडल ओभरमा बलिंग गर्दा सन्दिपलाई मिस गरेको बताए –
“इमान्दारितापूर्वक भन्नुपर्छ उनीहरु सन्दिपलाई मिस गरिरहेका थिए। उनि मिडल ओभरमा मुख्य बलर थिए जसले विकेट दिने गर्थे। जब तपाईसंग त्यस्तो बलर हुँदैन अन्य बलरलाई दबाब पर्छ। तर बलरहरुले आफूमाथि विश्वास कायम राखेर कसरि मिडल ओभरमा विकेट लिने सिक्नुपर्छ।”
“सन्दिप एसोसिएटको मात्र नभएर विश्वकै उत्कृस्ट बलर हो। उनलाई पक्कै पनि नेपालले मिस गर्नेछ। खेल पछि एहमद ( राजा ) संग कुरा गर्दै थिए कि नेपालले मिडलमा सन्दिपलाई मिस गर्यो। नेपालले अन्तिममा समेत उनलाई मिस गर्यो किनकि अन्तिममा समेत सन्दिपले ३-४ ओभर बलिंग गर्ने गर्थे। पक्कै पनि उनि जस्तो खेलाडी पाउन सहज छैन।” नाबालिग बलात्कारको आरोप लागेका कारण तत्कालीन कप्तान सन्दीप लामिछानेलाई क्यानले निलम्बन गरेपछि उक्त पद रिक्त छ। सन्दीप मुद्दा पुर्पक्षका लागि थुनामा छन्।
https://www.youtube.com/watch?v=z6zrQyD4h1k
उनले नेपाली टिममा पारस खड्का नहुनुले पनि भिन्नता ल्याएको र आगामी दिनमा रोहित पौडेलले पारस खड्काको ठाउँ लिने बताए – “पारस जस्तो ब्याट्सम्यान र खेलाडी देखेको छैन। उनि निकै आत्मविश्वास भएको खेलाडी थिए। उनि हुँदा अन्य ब्याट्सम्यान र खेलाडीहरुलाई पनि आत्मविश्वास दिने गर्थे। रोहित पौडेलले भविष्यमा पारसको ठाउँ लिन सक्छन्।
“रोहित युवा छन् उनलाई समय लाग्नेछ। स्वतः उनलाई कप्तानको रुपमा दबाब थियो। उनि ब्याटिंगमा राम्रो गरिरहेका थिए। उनलाई समय लाग्नेछ। नेपाल राम्रो ब्याटिंग भएको देश हो र उनीहरुले आफुमा विश्वास राख्नु पर्छ।”
खेलमा अर्धशतक बनाएका नेपाली ब्याट्सम्यान दिपेन्द्र ऐरी पनि राम्रो लयमा नदेखिएको मुस्तफाले बताए –
“दिपेन्द्रले आज जसरि खेले उनि थोरै आउट अफ टच थिए। उनि त्यसको खेलाडी हुन् जसले स्ट्राइक रोटेट गर्ने गर्छन् र नियमित रन बनाउने गर्छन्। नेपाली टिम स्तरीय छ र यो भन्दा धेरै राम्रो गर्न सक्छन्।”
भर्खरै अस्ट्रेलियामा सम्पन्न टि-ट्वान्टी विश्वकपमा युएई सहभागी हुँदा रोहन टिमको सदस्य थिएनन्। विश्वकप पछि टिममा पुनरागमन गर्दै राम्रो प्रदर्शन गरेकोमा उनले खुसि व्यक्त गरे –
“मैले नेपाल आउनु अघि अभ्यास खेलमा राम्रो गरेको थिएँ। पक्कै पनि विश्वकप मिस गर्नु निकै दुखको कुरा हो। हो यो कुरा म सधैं याद गरिरहनेछु। तर भोग्नु बाहेक अरु बिकल्प मसंग छैन। नेपालमा खेल्न आउदा मसंग दबाब थियो र राम्रो गर्न पाउँदा म निकै खुसि छु।टिममा पुनरागमन गरेर जित्दा निकै खुसि महसुस भएको छ। स्वदेशमा खेल्दा नेपाल अझ बलियो टिम छ।”
सिरिज अन्तर्गत दोश्रो र तेश्रो खेल नोभेम्बर १६ र १८ तारिखमा हुनेछ।
https://www.youtube.com/watch?v=B0FKu5qGYB0
https://www.youtube.com/watch?v=mTN-ZZDdelU
