उत्कृस्ट सुरुवातको बाबजुद अन्तिम विकेटको साझेदारीले युएईद्वारा नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य

युएईको नेपाल भ्रमण अन्तर्गत निर्णायक एकदिवसीय अन्तर्राष्ट्रियमा भ्रमण टोलि युएईले नेपाललाई १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टियु अन्तर्राष्ट्रिय मैदानमा टस जितेरर फिल्डिंग रोजेको युएईले पुरै ५० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर १७५  रन बनायो।

युएईको लागि आठौँ नम्बरमा ब्य्टिंग गरेक आयान अफ्जल खानले अविजित ५४ रन बनाए जुन क्रममा ६३ बलमा ७ चौका र १ छक्का प्रहार गरे। हजरत बिलालले अविजित २० रन बनाए। यस अघि अलिशान शरफुले ३३ तथा रोहन मुस्तफाले २४ रन बनाए।

उत्कृस्ट सुरुवात गरेको नेपालले मात्र १६ रन बनाउदा युएईको ३ विकेट लियो। गुल्सन झाले मुहम्मद वासिम र कप्तान सिपि रिज्वानलाई विकेटपछाडी क्याच आउट पारे। सोमपालले भ्रित्या अरविन्दलाई बोल्ड गरे।

तेश्रो विकेटको लागि रोहन मुस्तफा र अलिशान शरफुले ६३ रनको साझेदारी गरे। चौबिसौं ओभरमा दिपेन्द्र ऐरीले मुस्तफालाई क्याच आउट पारे। छब्बीसौं ओभरमा कुशल भुर्तेलले शरफुलाई बोल्ड गर्दै नेपाललाई पुनः खेलमा हावी गरे। त्यसपछि युएईले लगातार विकेट गुमायो। उनन्तीसौं ओभरमा दिपेन्द्र ऐरीले विष्णु सुकुमरनको विकेट लिए। लगत्तै ओभरमा बसिल हमिदलाई ललित राजबंशीको विकेट पछाडी क्याच आउट गरे। एकतीसौं ओभरमा भुर्तेलले एहमद रजाको विकेट लिए भने लगत्तै ओभरमा जहुर खान रन आउट भए।

९३ रनमा ९ विकेट गुमाएपछि दशौँ विकेटको लागि आयान अफ्जल खान र हजरत बिलालले उत्कृस्ट साझेदारी गर्दै नेपाली बलरलाई निराश पारे। दुवैले दशौँ विकेटको लागि अविजित ८३ रनको साझेदारी गरे।

नेपालको बलिंगमा गुल्सन झा, दिपेन्द्र ऐरी र कुशल भुर्तेलले २/२ विकेट तथा सोमपाल कामि र ललित राजबंशीले १/१ विकेट लिए।

सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो ।

यस्तोमा अन्तिम खेलमा दुवै टोली जित निकाल्दै सिरिज आफ्नो बनाउने योजनामा रहेका छन् । नेपाल आजको खेल जित्दै सिरिज २-१ ले जितेर इतिहास कायम गर्न चाहन्छ । नेपालले यस सिरिज जितेमा घरेलु भूमिमा नेपालले पहिलो पटक दुई देशीय सिरिज जित्ने छ ।

पपुवा न्यू गिनीसँग नेपालले यसै वर्ष पहिलो एक दिवसीय सिरिज घरेलु भूमिमा खेलेको थियो । दुई खेलको उक्त सिरिज नेपालले २-० ले हारेको थियो ।

यूएई पनि नेपाललाई घरेलु मैदानमा पराजित गरी सिरिज जित्न चाहन्छ । २०१९ मा नेपालले युएईलाई उसकै घरेलु भूमिमा पराजित गरी तीन खेलको सिरिज २-१ ले जितेको थियो ।

नेपाल र युएईबीचको यस खेल नवौँ खेल हो । हालसम्म खेलिएको ८ खेलमा युएईले ५ पटक जितेको छ । नेपालले तीन पटक आफ्नो बनाएको छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]