दोश्रो खेलमा भ्रमण टोलि इंग्ल्यान्डलाई पराजित गर्दै घरेलु टोलि अस्ट्रेलियाले एक खेल अगावै तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज २-० ले जितेको छ। पहिलो खेलमा अस्ट्रेलिया ६ विकेटले विजयी भएको थियो।
सिड्नी क्रिकेट ग्राउण्डमा अस्ट्रेलियाले दिएको २८१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३८.५ ओभरमा २०८ रन मात्र बनायो।
इंग्ल्यान्डको लागि स्याम बिलिंग्सले ७१ तथा जेम्स भिन्सले ६० रन बनाए। फिलिप साल्टले २३ तथा लियाम डसनले २० रन बनाए।
लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको इंग्ल्यान्डले ३४ रन बनाउदा ३ विकेट गुमायो। चौंथो विकेटको लागि जेम्स भिन्स र स्याम बिलिंग्सले १२२ रनको साझेदारी गरे। २८ औं ओभरमा भिन्सको विकेट लिंदै जोश हेजलवुडले अस्ट्रेलियालाई खेलमा फर्काए। त्यसपछि लगत्तै ओभरमा एडम जाम्पाले कप्तान मोईन अलिलाई बोल्ड गरे। ३१ औं ओभरमा बिलिंग्सलाई जाम्पाले बोल्ड गर्दै अस्ट्रेलियालाई हावी पारे। त्यसपछि इंग्ल्यान्ड खेलमा फर्कन सकेन।
अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्क ( ८-१-४७-४ ) र एडम जाम्पाले ( ९.५-१-४५-४ ) समान ४ विकेट तथा कप्तान जोश हेजलवुडले २ विकेट लिए।
Steve Smith missed out on his 13th ODI century by a whisker!
Watch the #AUSvENG ODI series LIVE on https://t.co/MHHfZPyHf9 (in select regions) 📺
📝 Scorecard: https://t.co/C3d30LsSHa pic.twitter.com/GtfcdmMH3r
— ICC (@ICC) November 19, 2022
यस अघि टस जितेर ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ८ विकेट क्षेतीमा २८० रन बनायो।
अस्ट्रेलियाको लागि स्टिभ स्मिथले सर्वाधिक योगदान दिने क्रममा ९४ रन बनाए जुन क्रममा ११४ बलमा ५ चौका र १ छक्का प्रहार गरे। मार्नस लाबूसेनले ५८ तथा मिचेल मार्शले ५० रन बनाए। ट्राभिस हेडले १९, एस्टन एगरले १८ तथा डेभिड वार्नरले १६ रन बनाए।
तेश्रो नम्बरमा ब्याटिंग गरेका स्मिथले तेश्रो विकेटको लागि लाबूसेनसंग १०१ रनको तथा पाँचौ विकेटको लागि मार्शसंग ९० रनको साझेदारी गरे।
इंग्ल्यान्ड बलर आदील रशिदले ३ विकेट, क्रिस वोक्स र डेभिड विलिले २/२ विकेट तथा मोईन अलिले १ विकेट लिए।
सिरिजको अन्तिम खेल नोभेम्बर २२ तारिखमा हुनेछ।
