लिग-२ को आफ्नो अन्तिम खेलमा अमेरिका नामिबियासंग पराजित

नामिबियामा सम्पन्न आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोलि नामिबियाले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ।

विन्ढोक स्थित वान्डरर्स क्रिकेट ग्राउण्डमा सम्पन्न खेलमा अमेरिकाले दिएको २१२ रनको लक्ष्य नामिबियाले ४ विकेट क्षेतीमा ४४.४ ओभरमा भेटायो।

नामिबियाको लागि ओपनर डिभान लाककले सर्वाधिक ५९ रन बनाए। जान निकोल लफ्टि इटनले ४३, कप्तान जेरार्ड इरास्मसले ४१ तथा लो हान्ड्रे लौरेन्सले २५ रन बनाए।

अमेरिकाको बलिंगमा इयान होल्याण्डले २ विकेट तथा जेसी सिंह र निसर्ग पटेलले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २११ रन बनायो। अमेरिकाको लागि इयान होल्याण्डले सर्वाधिक ४०, नोस्थुस केंजिगेले ३८, गजानन्द सिंहले ३६, सुशान्त मोदानीले २६ तथा निसर्ग पटेलले अविजित २२ रन बनाए।

नामिबियाका बलर जेजे स्मित र बर्नार्ड स्कल्जले ३/३ विकेट तथा रुबेन ट्रंपलम्यानले १ विकेट लिए।

अंकतालिका 

हारपछि लिग-२ को सबै खेल सकाएको अमेरिका ३५ अंक सहित तेश्रो स्थानमा छ। ३६ खेल खेल्दा अमेरिकाले १६ जित र १७ हार बेहोर्यो भने दुई खेल बराबरीमा टुंगिदा एक खेल नतिजाविहिन रह्यो।

जितपछि लिग-२ अंकतालिकामा नामिबिया चौंथो स्थानमा यथावत छ। नामिबियाले २६ खेलम १६ जित र १० हार बेहोर्दै ३२ अंक बटुलेको छ।

अमेरिकाको हारले नेपाल लिग-२ को शिर्ष-५ स्थानमा रहँदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन केहि सहज भएको छ। नेपालको २० खेलमा १७ अंक छ। बाँकी १६ खेलमा नेपालले अमेरिकालाई पछि पार्न १९ अंक बटुल्नुपर्नेछ।

लिग-२ तालिकामा ओमान ३६ खेलमा ४४ अंक पछि पहिलो, स्कटल्याण्ड २८ खेलमा ४० रन बनाउदै दोश्रो स्थानमा छ। युएई २६ खेलमा २७ अंक पछि पाँचौ स्थानमा छ। नेपाल २० खेलमा १७ अंक सहित छैठौं तथा पपुवा न्यु गिनी २८ खेलमा ५ अंक सहित सातौं स्थानमा छ।





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]