लिंगेनको शतकमा नेपाल विरुद्ध नामिबियाको कीर्तिमानी योगफल

नामिबियामा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले घरेलु टोली नामाबियासँग प्रतिस्पर्धा गर्दैछ ।

युनाइटेड क्रिकेट क्लब मैदानमा टस हारेर ब्याटिंग गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट क्षेतीमा २७५ रन बनाउदै नेपाललाई २७६ रनको लक्ष्य प्रस्तुत गरेको छ। एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल विरुद्ध नामिबियाको यो सबैभन्दा ठूलो योगफल हो। यस्तै यो नेपाल विरुद्ध कुनै पनि टिमले बनाएको तेश्रो ठूलो योगफल हो।

स्कोरकार्ड 

नामिबियाको लागि माइकल भान लिंगेनले शतकीय योगदान दिए। करियरको दोश्रो शतक बनाएका उनले १११ बलमा १५ चौका र १ छक्का मद्दतले ११९ रन बनाए। कप्तान जेरार्ड इरास्मसले ५३ तथा लफ्टि इटनले ४० रन योगदान दिए।

३४ रनमा २ विकेट गुमाएको अवस्थामा तेश्रो विकेटको लागि माइकल भान लिंगेन र कप्तान जेरार्ड इरास्मसले ९९ रनको साझेदारी गरे।  चौतिसौं ओभरमा इरास्मसलाई ललित राजबंशीले क्याच आउट पारे। चौंथो विकेटको लागि लिंगेनले लफ्टि इटनसंग ९० रनको साझेदारी गर्दै योगफल २ सय पार गरे। ४४ औं ओभरमा राजबंशीले इटनलाई क्याच आउट पारे। शतक पुरा गरेपछि लिंगेनलाई ४९ औं ओभरमा सोमपाल कामिले सागर ढकालबाट क्याच आउट पारे।

नेपालको बलिंगमा देब्रे हाते स्पिनर ललित राजबंशीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै ५३ रन खर्चिए। सोमपाल कामिले २ तथा सागर ढकालले १ विकेट लिए।

२ विकेट लिंदै सोमपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पुरा गरेका छन्। सन्दिप लामिछाने ( ६९ ) पछि सोमपाल यो किर्तिमान बनाउने दोश्रो नेपाली क्रिकेटर हुन्। तेश्रो धेरै करन केसीले ४३ विकेट लिएका छन्।

नेपालले आज करन केसीलाई बाहिर राख्दा सोमपाल कामिलाई मौका दिएको छ। आज पनि हरिशंकर शाह र नन्दन यादव बेन्चमा हुनेछन्।

नेपालको अन्तिम एघार : अर्जुन साउद, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल ( कप्तान ) , आरिफ शेख, कुशल भुर्तेल, दिपेन्द्र ऐरी, गुल्सन झा, सोमपाल कामि, ललित राजवंशी र सागर ढकाल

सिरिज अन्तर्गत नेपालको नामिबियासंगको पहिलो खेल वर्षाका कारण नतिजाविहिन टुंगिएको थियो भने दोश्रो खेलमा स्कटल्याण्डसंग ३ विकेटले पराजित भएको थियो।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]