ICCWCL2 : नामिबियाद्वारा नेपाल पराजित

नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले घरेलु टोली नामाबियासँग ८६ रनले पराजित भएको छ।

युनाइटेड क्रिकेट क्लब मैदानमा नामिबियाले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपालले ४६.५ ओभरमा १८९ रनमा सबै विकेट गुमायो। स्कोरकार्ड 

नेपालको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४४ रन बनाए। दिपेन्द्र ऐरीले ३४, ज्ञानेन्द्र मल्लले ३०, अर्जुन साउदले २९ तथा आरिफ शेखले १८ रन बनाए।

ओपनिंगमा फर्केका कुशल भुर्तेल ३ रन बनाएर चौंथो ओभरमा जेजे स्मितबाट क्याच आउट भए। तेश्रो नम्बरमा आएका आसिफ शेख ७ रन बनाएर स्मितबाट क्याच आउट भए।

तेश्रो विकेटको लागि अर्जुन साउद र ज्ञानेन्द्र मल्लले ५२ रनको साझेदारी गरे। अठारौं ओभरमा अर्जुन रन आउट भएपछि नेपालले लगातार विकेट गुमायो। लगत्तै ओभरमा ज्ञानेन्द्र मल्ललाई भान लिंगेनले बोल्ड गरे। गुल्सन झा २ रन मात्र बनाएर आउट भए।

छैठौं विकेटको लागि रोहित पौडेल र दिपेन्द्र ऐरीले ५६ रनको साझेदारी गरे। छत्तिसौं ओभरमा ऐरीलाई या फ्रान्सले एलबिडब्लु पारे। उनन्चालीसौं ओभरमा रोहित ट्रंपलम्यानबाट क्याच आउट भए। त्यसपछि आरिफ शेख केहि बेर विकेटमा जमेता पनि नेपाल खेलमा फर्कन असफल रह्यो। आरिफ पैतालीसौं ओभरमा लुंगामेनीबाट क्याच आउट भए।

नामिबियाका बलर जेजे स्मित, टांगेनि लुंगामनी र पिक्की या फ्रान्सले २/२ विकेट लिए। रुबेन ट्रंपलम्यान, बर्नार्ड स्कल्ज र माइकल भान लिंगेनले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट क्षेतीमा २७५ रन बनायो।

नामिबियाको लागि माइकल भान लिंगेनले शतकीय योगदान दिए। करियरको दोश्रो शतक बनाएका उनले १११ बलमा १५ चौका र १ छक्का मद्दतले ११९ रन बनाए। कप्तान जेरार्ड इरास्मसले ५३ तथा लफ्टि इटनले ४० रन योगदान दिए।

३४ रनमा २ विकेट गुमाएको अवस्थामा तेश्रो विकेटको लागि माइकल भान लिंगेन र कप्तान जेरार्ड इरास्मसले ९९ रनको साझेदारी गरे।  चौतिसौं ओभरमा इरास्मसलाई ललित राजबंशीले क्याच आउट पारे। चौंथो विकेटको लागि लिंगेनले लफ्टि इटनसंग ९० रनको साझेदारी गर्दै योगफल २ सय पार गरे। ४४ औं ओभरमा राजबंशीले इटनलाई क्याच आउट पारे। शतक पुरा गरेपछि लिंगेनलाई ४९ औं ओभरमा सोमपाल कामिले सागर ढकालबाट क्याच आउट पारे।

नेपालको बलिंगमा देब्रे हाते स्पिनर ललित राजबंशीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै ५३ रन खर्चिए। सोमपाल कामिले २ तथा सागर ढकालले १ विकेट लिए।

खेलमा २ विकेट लिंदै सोमपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पुरा गरेका छन्। सन्दिप लामिछाने ( ६९ ) पछि सोमपाल यो किर्तिमान बनाउने दोश्रो नेपाली क्रिकेटर हुन्। तेश्रो धेरै करन केसीले ४३ विकेट लिएका छन्।

 





थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न, माछापुच्छ्रे बैंक च्याम्पियन, आइसिएफसी उपविजेता

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंकले मंगलबार नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार […]

विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका तथा वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी२० विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको […]

सुर्यकुमारको शतकमा मुम्बईको सहज जित

काठमाडौं । सूर्यकुमार यादवको शतकको सहयोगमा मुम्बई इण्डियन्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि […]

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समीकरण तय

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका […]

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]