पीएसएलको ड्राफ्टमा पांच नेपाली खेलाडी

२०७९ मंसिर २१, बुधबार २१:०९

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पांच खेलाडी पाकिस्तानी सुपर लिग (पीएसएल)को ड्राफ्टमा परेका छन् ।

नेपाली टोलीका दुई विकेटकिपर ओपनिंग ब्याट्सम्यान अर्जुन साउद र सुबास खकुरेल, फास्ट बलर सोमपाल कामी, अफस्पिन अलराउण्डर पवन सर्राफ र फास्ट बलिंग अलराउण्डर आदील अन्सारी ड्राफ्टमा परेका हुन् ।

पीएसएलले बुधबार सार्वजनिक गरेको ड्राफ्ट सूचीको विदेशी खेलाडीको सिल्भर कोटामा उनीहरू अटाएका हुन् ।

संस्करणको पीएसएल ड्राफ्ट आगामी १५ डिसेम्बरमा रहेको छ । पीएसएलको लागि आज सिल्भर विधामा विदेशी खेलाडीको नाम सार्वजनिक भएको हो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy