एनसिएसएस रुपन्देहीद्वारा पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचन सम्मानित , माधब शर्मा जिल्ला संयोजक चयन

२१ मङ्सिर , २०७९

नेपाली क्रिकेट समर्थक समाज ( NCSS) जिल्ला समन्वय समिति रुपन्देहीले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई सम्मान गरेको छ । बुधबार भैरहवामा भएको जिल्ला समन्वय समिति रुपन्देहीको छैठौँ बार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिबेशनको अवसरमा क्रिकेट समर्थकहरुको संस्थाले नगद रु. १० हजार सहित सम्मान गरेको हो ।

करिब दुई दशक भन्दा लामो समय नेपाली क्रिकेटलाई खेलाडीको रुपमा अहोरात्र योगदान दिदै थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ईतिहास रच्दै नेपाली क्रिकेटलाई विश्व जगतमा पुर्याउन सफल गौचनले सन्यास पश्चात देशका विभिन्न स्थानहरुमा पुग्दै नँया प्रतिभाहरुको खोजी गर्दै खेलाडी उत्पादनमा बिशेष जोड दिदै आफ्नो जिवननै नेपाली क्रिकेटमा समर्पित गरेको भन्दै संस्थाले सम्मान गरेको हो । एक बर्ष अघि समाजले रुपन्देही क्रिकेटमा योगदान दिएको भन्दै क्रिकेट प्रशिक्षक जङ्ग बहादुर थापालाई सम्मान गरेको थियो ।

गौचनले सम्मानित हुन पाउँदा खुशी व्यक्त गर्दै नेपाली क्रिकेट विकास तथा खेलाडी उत्पादनमा आफू निरन्तर लागिरहेको र आगामी दिनमा समेत अझै सक्रियता साथ निरन्तरता दिने बताउनुभएको थियो । त्यस्तै NCSS बाट सम्मानित हुन पाउदा खुशी हुदै संस्थासंग आगामी दिनमा समन्वय सहकार्य र सहयोग एक आपसमा आदानप्रदान गर्दै अगाडि बढ्न थप प्रेरित भएको बताउनु भयो।

यस्तै जिल्ला समन्वय समितिले सर्वसम्मतिले नयाँ कार्यसमिति गठन गरेको छ । तेस्रो अधिबेशनले माधब शर्मालाई सम्योजकमा सर्वसम्मत चयन गर्दै ११ सदस्यीय कार्यसमिति गठन गरेको छ। नयाँ गठित जिल्ला कार्यसमितिको सह सम्योजक नारायण अधिकारी , सचीव हरि गैरे , सह-सचीव प्रबिण पान्डे ,कोषाध्यक्ष शिवराज गौतम तथा सदस्यमा अर्जुन शर्मा , पवन पान्डे, अजय भन्डारी , महेन्द्र कोइरी , हरि भट्टराई र सागर पिएसलाई चयन गरिएको छ ।

कार्यक्रममा संयोजक मोहन ज्ञवालीले वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै जिल्लाले बर्षभरिमा गरेका क्रिकेट गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको थियो भने कोषाध्यक्ष शिवराज गौतमले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको संचालन सचिव नारायण अधिकारीले गर्नु भएको थियो ।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]