सिराज र कुलदिप चम्किंदा भारत बलियो

मोहम्मद सिराज र कुलदिप यादवले घातक बलिंग गर्दा चटगाउँमा जारि पहिलो टेस्टमा भ्रमण टोलि भारत दोश्रो दिन सम्पतिमा बलियो अवस्थामा छ।

भारतले पहिलो इनिंग्समा ४०४ रन बनाएपछि पहिलो इनिंग्समा ब्याटिंग थालेको बंगलादेशले दिनको समाप्तिमा ४४ ओभर ब्याटिंग गर्दा  ८ विकेट गुमाउदा १३३ रन बनाएको छ। क्रिजमा मेहदी हसन १६ तथा इबादत होसेन १३ रनमा अविजित छन्। यस अघि मुस्फिकुर रहिम २८, लिटन दास २४, जाकिर हसन २० तथा नुरुल हासल १६ रन बनाएर आउट भए।

भारतका पेसर मोहम्मद सिराजले शिर्ष ४ मध्ये ३ ब्याटरको विकेट लिए। सिराजले ९ ओभरमा १ मेडन ओभर गर्दै १४ रन खर्चेर ३ विकेट लिए। चाइनाम्यान बलर कुलदिप यादवले ४ विकेट लिंदै बंगलादेश मध्यक्रम ध्वस्त पारे। यादवले १० ओभरमा ३ मेडन ओभर गर्दै ३३ रन खर्चेर ४ विकेट लिए। उमेश यादवले १ विकेट लिए।

यस अघि दिनको सुरुवात २७८/६ को अवस्थामा सुरु गरेको भारतले ४०४ रन बनाउदा सबै विकेट गुमायो। दिनको सुरुवातमा श्रेयस ऐयर ८६ रन बनाएर इबादत होसेनबाट बोल्ड भए। त्यसपछि रभीचन्द्रन आश्विन र कुलदिप यादवले आठौँ विकेटको लागि ९२ रनको साझेदारी गरे। आश्विन ५८ रन बनाएर मेहदी हसनबाट स्टम्प आउट भए। कुलदिप यादवले ४० रन बनाए। उमेश यादव १५ रनमा अविजित रहे। टेस्टको पहिलो दिन भारतका चेतेश्वर पुजाराले ९० तथा रिशभ पन्तले ४६ रन बनाएका थिए।

बंगलादेशको बलिंगमा तैजुल इश्लाम ( ४६-१०-१३३-४ ) र मेहदी हसनले ( ३१.५-६-११२-४ ) समान ४ विकेट लिए। एबादत होसेन र खलिद एहमदले १/१ विकेट लिए।





थप समाचार

आइपीएल : कोलकाता र दिल्ली खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । कोलकाताको घरेलु मैदान इडन […]

अभानी प्रिमियर लिग : अभानी र खुकुरीको जित

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा जारि अभानी प्रिमियर लिगमा अभानी क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबले जित निकालेका छन् । […]

विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ […]

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]

गायकवाड शतकबाट चुक्दा हैदराबादले पायो २१३ रनको लक्ष्य

काठमाडौं । कप्तान ऋतुराज गायकवाड शतकबाट २ रनले चुक्दा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर […]

ज्याक्सको शतकमा बेंगलुरुको लगातार दोस्रो जित

काठमाडौं । विल ज्याक्सको शतकीय इनिङको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को ४५ औं खेलमा रोयल च्यालेनजर्स बेंगलूरुले […]