अन्तरबिधालय क्रिकेटकाे उपाधी पिसल्यान्डकाे कब्जामा

२०७९ पुष ९, शनिबार २१:५५

चन्दनकुमार यादब, राजबिराज, पुस ९ शनिवार

सप्तरी क्रिकेट संघकाे आयोजनामा राजबिराजमा संचालित जिल्लास्तरिय अन्तरबिधालय एकदिवसिय क्रिकेट प्रतियाेगिताकाे उपाधी पिसल्यान्डले कब्जा जमाएकाे छ।

शनिवार सम्पन्न पिसल्यान्ड र लिटिल एन्जेल बिच भएकाे फाईनल खेलमा पिसल्यान्डले लिटिल एन्जेल स्कुललाई पराजित गर्दै उपाधी माथी कब्जा जमाएकाे हाे।

टस जितेर पिसल्यान्ड निर्धारित २० ओभरमा ६ बिकेट गुमाएर १ सय ३८ रनकाे याेगफल खडा गरेका थिए।

जसमा बरूणदेव गामीले बिष्फाेटक ब्याटिंग गर्दै अर्थशतकिय पारी खेल्दै ५६ बलमा ४ छक्का र ४ चाैकाकाे मदतले ६८ रन बनाए भने प्रदिप दासले २७ रन जाेडेका थिए।

यसैगरी बलिंग तर्फ लिटिल एन्जेलका करण बहादुर बिक र भिम यादब समान्य २/२ बिकेट तथा महेन्द्र मण्डल/ गाेपाल मण्डलले १/१ बिकेट लिएका थिए।

जवाफमा लिटिल एन्जेल स्कुलले १ सय ३८ रनकाे लक्ष्य पछयाउने क्रममा १९ अाेभर ३ बलमा सबै बिकेट गुमाई १ सय १९ रनमै सिमीत रहे।

जसमा जेम्स बिकले सर्वाधिक ४३ रन बनाउदै अविजित रहेका थिए भने भिम यादब २० रन र गाेपाल मण्डल १७ रन बनाए पनि जितका लागि प्रयाप्त भएन।

बलिंग तर्फ पिसल्यान्डका शंभु मण्डल/प्रदिप दास, अारयन दास २/२ बिकेट हात पारेका थिए भने बरूणलेव गामीले १ बिकेट हात पारे।

म्यान अफ दि फाईनल बिजय टिमका बरूणदेव गामी घाेषित भएका थिए।

खेलकाे प्लेयर अफ दि सिरिज विशाल यादब, बेस्ट ब्याटस म्यान बरूणदेव गामी,बेस्ट बलर गाेपाल मण्डल र ईमेजिंग खेलाडी श्रवण गुप्ता घाेषित भएका थिए।

उक्त अवसरमा बिजेता तथा उपबिजेता टिमलाई नेपाल क्रिकेट फाउन्डेशनका निर्देशक अभिषेक कार्की,सप्तरी क्रिकेट सँघका अध्यक्ष अायुष श्रेष्ठ, उपाध्यक्ष धर्मेन्द्र चाैधरी, सचिव चन्दनकुमार यादब,क्रिकेट बिकास प्रतिष्ठानका अध्यक्ष ई ईन्द्र नारायण देव, प्रतियाेगिता संयाेजक अनवर अली, अम्पायर सँघका अध्यक्ष निरज सिँह काेच सारा बेग लगायतले शिल्ड,कप, मेडल, प्रमाणपत्र पुरस्कारवाट सम्मान गरेका थिए।

सप्तरी क्रिकेट सँघकाे अायाेजना तथा नेपाल क्रिकेट फाउन्डेशनकाे सहयाेगमा जिल्ला स्तरिय अन्तरबिधालय एकदिवसिय क्रिकेट प्रतियाेगिता पुस २ गते देखि ९ गते सम्म संचालन भएकाे प्रतियाेगितामा जिल्लाभरीका ८ वटा बिधालयहरूकाे सहभागिता रहेकाे थियाे।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy