बागमती प्रदेश र हङकङको महिला टिम विच सिरिज हुँदै

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट सङ्घको संयुक्त आयोजनामा बागमती प्रदेश आमन्त्रण क्रिकेट शृङ्खला आइतबारदेखि सुरु हुँदैछ ।

शृङ्खलामा नवौँ राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला टिमबीच दुई फर्म्याटको ४ मैत्रीपूर्ण खेल खेलाइनेछ । दुई खेल ४० ओभरको हुनेछ भने बाँकी २ खेल टी–२० हुने परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताउनुभयो ।

मूलपानी क्रिकेट मैदानमा शृङ्खलाअन्तर्गत डिसेम्बर २५ र २६ तारिखमा ४० ओभरको खेल खेलाइनेछ । डिसेम्बर २७ र २९ तारिखमा टी– २० खेल हुनेछ । बागमती प्रदेशको महिला टिमले नवौँ राष्ट्रिय खेलकुदमा कांस्य पदक जितेको थियो । हङकङको टिममा राष्ट्रिय टिमकी कप्तान क्यारी चेनसहित राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका अन्य ६ खेलाडी रहेको आयोजकले जनाएको छ ।

नेपालमा महिला क्रिकेटको सम्भावना, अन्तर्राष्ट्रिय स्तरमा बढ्दो लोकप्रियता तथा क्रिकेटको विकास र प्रवर्धनमा योगदान पुर्‍याउने उद्देश्यले शृङ्खला आयोजना गर्न लागिएको सदस्य सचिव भण्डारीले जानकारी दिनुभयो ।





थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न, माछापुच्छ्रे बैंक च्याम्पियन, आइसिएफसी उपविजेता

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंकले मंगलबार नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार […]

विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका तथा वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी२० विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको […]

सुर्यकुमारको शतकमा मुम्बईको सहज जित

काठमाडौं । सूर्यकुमार यादवको शतकको सहयोगमा मुम्बई इण्डियन्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि […]

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समीकरण तय

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका […]

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]