हङकङलाई टी–२० सिरिज

बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट टी–२० सिरिजको उपाधि हङकङ क्रिकेट क्लबले जितेको छ । सिरिज अन्तर्गत मूलपानी क्रिकेट मैदानमा हङकङले बिहीबार भएको दोस्रो खेलमा आयोजक बागमती प्रदेशलाई ११ रनले हरायो ।

यस नतिजासँगै टी–२० सिरिज हङकङले २–० ले जितेको हो । यसअघि ४० ओभरको दुई खेलको सिरिज नेपालले २–० ले जितेको थियो । पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक १३ रन बनाएको थियो ।

जवाफमा घरेलु टिम बागमतीले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा उक्त सय दुई रन मात्र बनाउन सक्यो । बागमतीकी कञ्चन श्रेष्ठले ४८ बलमा सात चौकासहितको ५२ रनको अर्धशतकीय पालि खेलिन् । हङकङकी बेटी चानले दुई तथा केरी चानले एक विकेट लिईन् ।

यसअघि, हङकङका लागि केरीले सर्वाधिक २६ रन बनाएकी थिईन् । केरी नै फाइलनकी उत्कृष्ट खेलाडी घोषित भइन् । बागमतीकी सोनी पाख्रिनले दुई तथा अस्मिना कर्माचार्य, खुसी डङ्गोल र विपिसा साहीले एक एक विकेट लिईन् ।

हङकङकी केरीले प्रतियोगितामा नै सबभन्दा बढी रन बनाएर उत्कृष्ट ब्याटरको पुरस्कार पनि जितिन् । बागमती सोनी ११ विकेटसहित सर्वाधिक विकेटकर्ता बनिन् । उहाँ नै प्रतियोगिताकी सर्वश्रेष्ठ खेलाडी चयन भईन् ।

 





थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समीकरण तय

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका […]

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]