नेपाल टी-ट्वान्टी : आज दुई खेल हुँदै

२०७९ पुष १६, शनिबार ०८:४७

नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज शनिबार दुई खेलहरू हुँदैछन् ।

शनिवारको पहिलो तथा प्रतियोगिताको पन्ध्रौँ खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

पाँच खेलमा अपराजित लुम्बिनी छैटौँ जित निकाल्न चाहन्छ । लुम्बिनी ५ खेलमा १० अंकका साथ अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ ।

छ खेल खेलेर एक जित हात पारेर २ अङ्क सहित पोखरा ६ खेलबाट अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको छ । यही संस्करणको पहिलो भेटमा लुम्बिनी ३ विकेटले विजयी भएको थियो ।

आज नै हुने दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किंग्सबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ।


चार खेल खेलेर ३ जित हात पारेको जनकपुर चौथो जितको खोजीमा रहेको छ । जनकपुर ४ खेलमा ६ अंकका साथ अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ ।

चार खेल खेलेर दुई जित हात पारेको विराटनगर तेस्रो जितको खोजीमा रहेको छ । विराटनगर ४ खेलमा २ अंकका साथ अङ्क तालिकाको चौथो स्थानमा रहेको छ ।

यही संस्करणको पहिलो भेटमा जनकपुर ६ विकेटले विजयी भएको थियो । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । यस प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ ।

यस लिगमा काठमाडौँ नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy