नयाँ वर्षको अवसरमा नेपाल क्रिकेट स्कुलद्वारा सिफल मैदान सफाइ

२०७९ पुष १७, आईतवार १७:३५

नयाँ वर्ष २०२३ को अवसरमा नेपाल क्रिकेट स्कुलले नवजीवन क्लबसंगको सहकार्यमा सिफल क्रिकेट मैदानमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ।

वर्षौं देखि क्रिकेट लगायत अन्य खेलकुदको लागि प्रयोग हुँदै आएता पनि मैदानको सरसफाइमा भने ध्यान जाने गरेको छैन। यसैलाई मध्यनजरमा राखेर गौशाला रातोपुल स्थित नेपाल क्रिकेट स्कुलले सरसफाइ कार्यक्रम आयोजना गरेको एकेडेमीका संचालक सुनिल थापाले बताए।

नेपाल क्रिकेट स्कुल ( एनसीएस ) क्रिकेट सिकाउने बाहेक समाज प्रति उत्तरदायी समेत बनाउन सिकाउने थापाले बताए। स्कुलले विद्यार्थीहरुलाई योगा र ध्यान समेत सिकाउदै आएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy