Nepal T20 : रोहित चम्किंदा विराटनगर ६ विकेटले विजयी

Rohit Paudel

फार वेस्ट युनाइटेडमाथि बुधबार ६ विकेटको जित निकाल्दै विराटनगर सुपर किंग्सले नेपाल टी-२० लिगको प्लेअफमा पुग्ने सम्भावनालाई कायम राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फार वेस्टले दिएको १५७ रनको लक्ष्य विराटनगरले १९.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

विराटनगरको जितमा कप्तान रोहितकुमार पौडेलले ६० रन जोडे । उनले ४२ बलमा चार चौका र दुई छक्का प्रहार गरे । प्रदीप ऐरीले ४०, हुसैन तलातले १७ र गौरान्शु शर्माले ११ रन बनाए । पृथु बास्कोटा १७ रनमा अविजित रहे । फार वेस्टका करण केसी, प्रकाश जैसी, नूर अहमेद हस्मतुल्लाह साहिदीले समान एक विकेट लिए ।

यसअघि, टस जितेर ब्याटिङ रोजेको फार वेस्टले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । फार वेस्टका लागि विनोद भण्डारीले ३८ बलमा ६ चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ४५ रन बनाएका थिए । फगानिस्तानका हस्मतुल्लाह साहिदीले २७, करण केसीले अविजित १७, उमेर अलीले १६ र मिलिन्डा सिरीवर्दनाले १४ रन जोडे ।

विराटनगरका साहब आलमले तीन विकेट लिए । कियोन जोसेफले दुई विकेट लिँदा रोहितकुमार पौडेल, विवेक यादव र राज नाननले समान एक विकेट लिए ।

जितसँगै आठ खेलबाट ६ अङ्क जोडेको विराटनगर तालिकाको पाँचौँ स्थानमा छ । सात खेलबाट दुई अङ्क जोडेको फार वेस्टको प्लेअफ खेल्ने सम्भावना कमजोर बनेको छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]