एसिया कप सेप्टेम्बरमा आयोजना हुने, यस्तो छ नेपालको छनोट हुने बाटो

एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने एकदिवसीय फर्म्याटको एसिया कप यो वर्ष सेप्टेम्बरमा आयोजना हुने घोषणा गरिएको छ। प्रतियोगिता पाकिस्तानमा आयोजना हुने भनिएता पनि भारतले पाकिस्तानमा खेल्न नमान्दा न्युट्रल भेन्युमा हुन सक्नेछ।

एसियन क्रिकेट काउन्सिलका अध्यक्ष जय शाहले बिहिबार ट्वीटर मार्फत एसीसीको वर्ष २०२३ र २०२४ को कार्यक्रम सार्वजनिक गरेका हुन्। यो अवधिमा एसीसीले उमेर समुह र सिनियर क्रिकेटका पुरुष र महिला गरि कुल १६ वटा बिभिन्न प्रतियोगिताहरु आयोजना गर्नेछ।


यस्तो छ नेपालको एसिया कप छनोट हुने बाटो 

एसीसीको तालिका अनुसार २०२३ मा नेपालको सिनियर क्रिकेट टिमले अप्रिलमा ‘मेन्स प्रिमियर कप‘ एकदिवसीय प्रतियोगिता खेल्नेछ जसमा युएई, ओमान, कुवेत, हंगकंग, सिंगापुर, कतार, मलेसिया र छनोट प्रतियोगिताबाट आउने थप २ टिम सहभागी हुनेछन्। प्रतियोगितामा नेपाल समुह ‘ए’ मा छ जुन समुहमा युएई, कुवेत, कतार र छनोट प्रतियोगिता ( मेन्स च्यालेन्जर्स कप ) बाट आउने एक टिम हुनेछ। समुह चरणमा शिर्ष-२ स्थानको टिम सेमीफाइनल पुग्नेछ भने फाइनल जित्ने टिम एसिया कप छनोट हुनेछ।

मेन्स प्रिमियर कप‘ प्रतियोगितामा १० टिम सहभागी हुनेछन् जसको विजेता टिम एसिया कप खेल्न छनोट हुनेछ। एसिया कपमा टेस्ट राष्ट्र भारत, अफगानिस्तान, पाकिस्तान, बंगलादेश र श्रीलंका स्वतः छनोट भैसकेका छन्।

मेन्स प्रिमियर कप‘ को विजेता टिम सहित दोश्रो र तेश्रो स्थानको टिमले ‘इमर्जिंग टिम्स एसिया कप’ खेल्न पाउनेछन्। इमर्जिंग टिम्स एसिया कपमा २३ वर्ष मुनिका खेलाडीहरु सहभागी हुने गर्छन्। टेस्ट राष्ट्र भारत, अफगानिस्तान, पाकिस्तान, बंगलादेश र श्रीलंका इमर्जिंग टिम्स एसिया कपमा स्वतः छनोट भैसकेका छन्। 

फोटोमा हेर्नुस एसिया कप छनोटको बाटो 

एसीसी क्यालेन्डर २०२३ 

एसीसी क्यालेन्डर २०२४ 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]