एसिया कप सेप्टेम्बरमा आयोजना हुने, यस्तो छ नेपालको छनोट हुने बाटो

२०७९ पुष २३, शनिबार १०:२६

एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने एकदिवसीय फर्म्याटको एसिया कप यो वर्ष सेप्टेम्बरमा आयोजना हुने घोषणा गरिएको छ। प्रतियोगिता पाकिस्तानमा आयोजना हुने भनिएता पनि भारतले पाकिस्तानमा खेल्न नमान्दा न्युट्रल भेन्युमा हुन सक्नेछ।

एसियन क्रिकेट काउन्सिलका अध्यक्ष जय शाहले बिहिबार ट्वीटर मार्फत एसीसीको वर्ष २०२३ र २०२४ को कार्यक्रम सार्वजनिक गरेका हुन्। यो अवधिमा एसीसीले उमेर समुह र सिनियर क्रिकेटका पुरुष र महिला गरि कुल १६ वटा बिभिन्न प्रतियोगिताहरु आयोजना गर्नेछ।


यस्तो छ नेपालको एसिया कप छनोट हुने बाटो 

एसीसीको तालिका अनुसार २०२३ मा नेपालको सिनियर क्रिकेट टिमले अप्रिलमा ‘मेन्स प्रिमियर कप‘ एकदिवसीय प्रतियोगिता खेल्नेछ जसमा युएई, ओमान, कुवेत, हंगकंग, सिंगापुर, कतार, मलेसिया र छनोट प्रतियोगिताबाट आउने थप २ टिम सहभागी हुनेछन्। प्रतियोगितामा नेपाल समुह ‘ए’ मा छ जुन समुहमा युएई, कुवेत, कतार र छनोट प्रतियोगिता ( मेन्स च्यालेन्जर्स कप ) बाट आउने एक टिम हुनेछ। समुह चरणमा शिर्ष-२ स्थानको टिम सेमीफाइनल पुग्नेछ भने फाइनल जित्ने टिम एसिया कप छनोट हुनेछ।

मेन्स प्रिमियर कप‘ प्रतियोगितामा १० टिम सहभागी हुनेछन् जसको विजेता टिम एसिया कप खेल्न छनोट हुनेछ। एसिया कपमा टेस्ट राष्ट्र भारत, अफगानिस्तान, पाकिस्तान, बंगलादेश र श्रीलंका स्वतः छनोट भैसकेका छन्।

मेन्स प्रिमियर कप‘ को विजेता टिम सहित दोश्रो र तेश्रो स्थानको टिमले ‘इमर्जिंग टिम्स एसिया कप’ खेल्न पाउनेछन्। इमर्जिंग टिम्स एसिया कपमा २३ वर्ष मुनिका खेलाडीहरु सहभागी हुने गर्छन्। टेस्ट राष्ट्र भारत, अफगानिस्तान, पाकिस्तान, बंगलादेश र श्रीलंका इमर्जिंग टिम्स एसिया कपमा स्वतः छनोट भैसकेका छन्। 

फोटोमा हेर्नुस एसिया कप छनोटको बाटो 

एसीसी क्यालेन्डर २०२३ 

एसीसी क्यालेन्डर २०२४ 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy