Nepal T20 : बिराटनगर दोश्रो क्वालिफायरमा, काठमाडौं बाहिरियो

काठमाडौं नाइट्समाथि सानदार जित निकाल्दै विराटनगर सुपर किंग्स नेपाल टी–२० क्रिकेट लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको इलिमिनेटर खेलमा विराटनगरले काठमाडौंलाई ९९ रनले हरायो ।

जितका लागि विराटनगरले दिएको एक सय ८३ रनको लक्ष्य पछ्याएको काठमाडौं १२.४ ओभरमा सबै विकेटको क्षतिमा ८३ रनमा समेटिएको थियो । विराटनगरका लागि अविनाश बोहोराले १६ रन बनाए ।

कप्तान ज्ञानेन्द्र मल्लले १५, ओपनर लोकेश बमले १३ र कमल ऐरीले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । काठमाडौंलाई सस्तैमा समेट्न विराटनगरका सूर्य तामाङले चार विकेट लिए । शाहब आलम र कोओन जोसेफले दुई दुई तथा हुसेन टलटले एक विकेट लिए ।

Rohit Paudel
Rohit Paudel

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८२ रन बनाएको थियो । विराटनगरका लागि कप्तान रोहित पौडेलले ६१ रन बनाए ।उनि प्लेयर अफ द म्याच घोषित भए । विवेक यादवले ४६, हुसेन तलतले ३८ र राज नाननले १३ रन बनाए ।

बलिङमा काठमाडौंका अनिल खरेल र कमल सिंह ऐरीले दुई दुई तथा अविनाश बोहोरा र गौतम केसीले एक एक विकेट लिए ।

जितसँगै विराटनगरले फाइनलमा स्थान बनाउन जनकपुर रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । पराजित काठमाडौं लिगबाट बाहिरिएको छ । लुम्बिनी अल स्टार यसअघि नै फाइनलमा पुगिसकेको छ ।

लिगमा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता थियो । फार वेस्ट युनाइटेड र पोखरा एभेन्जर्स यसअघि नै प्रतियोगिताबाट बाहिरिएका छन् । पुस २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् । यसैगरी तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लिगको सर्वोत्कृष्ट खेलाडीलाई पाँच लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार, उदीयमान खेलाडीलाई एक लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]