Nepal T20 : जनकपुरलाई हराउदै विराटनगर फाइनलमा

काठमाडौँमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा फाइनलमा स्थान बनाउन जनकपुर रोयल्सले विराटनगर सुपर किंग्सलाई पराजित गरेको छ ।

जनकपुरले विराटनगरलाई ३९ रनले पराजित गरेको हो । स्कोरकार्ड 

विराटनगर सुपर किंग्सले दिएको १ सय ६८ रनको लक्ष्य जनकपुरले १९.१ ओभरमा अलआउट हुँदै १ सय २८ रन बनाए।

विराटनगरका लागि चाडविक वाल्टनले ४७ बलमा ५१ रनको अर्धशतकमा राज काननको बलमा एलबीडब्लु आउट गराए । वाल्टनले ६ चौका प्रहार गरे ।

पहिलो विकेट ४ रनमा गुमाएको जनकपुरका लागि दोस्रो विकेटका लागि कप्तान ट्राभोन ग्रिफिथ र चाडविक वाल्टनले ५६ रनको साझेदारी गरे ।

कप्तान ट्राभोन ग्रिफिथले ३४ रन बनाउँदा खडक बोहोराले १४ रन बनाए । उसका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।

जनकपुरका लागि राज नाननले ४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । कियोन जोसेफले ३ तथा नन्दन यादवले २ विकेट लिए । सुर्य तामाङले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको हो ।

विराटनगरका लागि गौरान्शु शर्मा ४२ रनमा आउट हुँदा अर्जुन साउदले ३५ रन बनाए । राज नाननले ३३ रन बनाउँदा हुसेन तलत ३१ रनमा आउट भए ।

अमरसिंह राउटेलाले छक्का हान्दै पहिलो ईनिङ सकाएका थिए ।

जनकपुरका लागि जितेन्द्र मुखियाले २ तथा सोमपाल कामी, सरफुदिन असरफ,ललित नारायण राजवंशी र शमीउल्लाह शिनवारीले समान ११ विकेट लिए ।

यस खेलको बिजेताले फाइनलमा स्थान बनाएको छ । पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । दोस्रो क्वालिफारमा पहिलो क्वालिफाईनमा पराजित जनकपुरले इलिमिनेटर खेलको विजेता विराटनगरसँग खेलेको थियो ।आईतबार भएको पहिलो क्वालिफायर जितेर लुम्बिनी अल स्टारले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

यस लिगको विजेताले ५५ लाख पाउने छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

 





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]