नेपाल टि-२० लिग : उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै

२०७९ पुष २७, बुधबार ०८:५८

पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको फाइनल आज हुँदैछ। उपाधिका लागि विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारबीच हुने खेल किर्तिपुरस्थित टियु मैदानमा मध्यान्ह १२ बजेबाट सुरु हुनेछ।

पहिलो क्वालिफायर र दोस्रो क्वालिफायर विजयी रहेका लुम्बिनी र जनकपुर उपाधीका लागि खेल्दै छन्। समूह चरण विजेता लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो।

विराटनगरले भने समूह चरणमा तेस्रो स्थानमा रहँदै इलिमिनेटरमा काठमाडौं नाइट्स तथा दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरि फाइनलमा स्थान बनाएको हो।

लिगको समूह चरणमा विराटनगर र लुम्बिनीले एक आपसकाविरुद्ध दुई खेल खेलेकामा दुवै टोलीले खेल लुम्बिनीले जितेको थियो।​ लिगको विजेताले ५५ लाख पाउने जनाएको छ। यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन्। इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy