विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता एलपीएलको सातौँ संस्करण माघ २१ गतेबाट

धनगढी – कैलालीको धनगढीमा विगत ६ वर्षदेखि आयोजना हुँदै आएका विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करण आगामी माघ २१ गतेबाट सञ्चालन हुने भएको छ ।

आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता माघ २१ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ । प्रतियोगिताको यो संस्करण धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा आयोजना हुने लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष राम चन्द्र शाहीले बताउनु भयो ।

सातौँ संस्करणको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २ हजार प्रदान गरिने आयोजनाले जनाएको छ । प्रतियोगितामा १० वटा विद्यालयको सहभागिता रहेको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

प्रतियोगिताको यो संस्करण धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा आयोजना हुने लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष राम चन्द्र शाहीले बताउनु भयो ।

विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ । प्रतियोगिताको यो संस्करणमा सहभागी १० टिमलाई २ समूहमा विभाजन गरिनेछ । यसरी विभाजन गर्दा एउटा विद्यालय टिमले ४ वटा लिग चरणकै खेल खेल्न पाउने छन् । त्यसबाट विद्यालयहरू भित्र लुकेर रहेका नव प्रतिभाहरू पहिचान गर्न सजिलो हुनेछ विश्वास गरिएको छ । प्रतियोगिताका लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ. सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् ।

प्रतियोगिताको प्रायोजकमा सर्पोटेड बाई लिटल फ्लावरका बोर्डिङ स्कुल धनगढी र वर्ल्ड भिजन नेपाल (नेपाली जुटौँ बाल विवाह रोकौँ) र आइएमइ पे रहेको छ । त्यस्तै डिजिटल लर्निंग पार्टनरमा निमा एकेडेमी, हायर एजुकेसन पार्टनर टाइम्स इन्टरनेशनल कलेज, कम्युनिकेसन पार्टनर नेपाल टेलिकम, सर्पोटेड बाई हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज काठमाडौँ, रनर अप प्रायोजकमा गुरुकुल एकेडेमी धनगढी रहेको छ । त्यस्तै गेट प्रायोजकमा धनगढी वाल पेपर सप्लायर्स एण्ड होम डेकोर, पब्लीकेशन पार्टनर ओशन पब्लीकेशन, हस्पिटालीटि पार्टनर इमेज होटेल प्रा.ली., सर्टिङ एण्ड सुटिङ पार्टनर गुरुजी सर्टिङ एण्ड सुटिङ, प्लेयर अफ दी टुर्नामेण्ट मालिकार्जुन हार्डवेयर प्रा.लि. अत्तरिया रहेको छ । त्यस्तै सहप्रायोजकहरुमा निष्ठ फाउन्डेसन काठमाडौँ, के. आई. सिंह गाउँपालिका डोटी, धनगढी स्किन केयर एण्ड एथेस्टिक सेन्टर धनगढी, निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, चैतन्य पाठशाला धनगढी, जय मंगलम् सिमेन्ट पालि, विनोद शाही हाल अमेरिका, दाहाल पुस्तक पसल धनगढी, होटेल जियान हस्पिटालिटी धनगढी, उच्चाकोटी आर.एम.सी, डिस्कभरि बोर्डिङ स्कुल धनगढी, स्टेशनरी पार्टनर सानभी बुक्स एण्ड स्टेशनरी धनगढी रहेका छन् । वेस्ट बलर प्रायोजक वरिष्ठ समाजसेवी जयन्ती थापा (अमेरिका), एजुकेसन एण्ड कन्सल्टेन्सी पार्टनर एस. आ. जी.नेपाल, ब्याट्सम्यान प्रायोजक विद्या भूषण पब्लिक स्कुल मोहनपुर, ब्यानर प्रायोजक नवजीवन हस्पिटल, समाज सेवी अर्जुनराज जोशी (हाल कोरिया) विशेष अटो सर्भिसेज(हिरो) धनगढी कैलाली रहेका छन् ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]