सन्दीपले फेरि राष्ट्रिय टोलीको कप्तान बनाउनुपर्छ : अधिवक्ता घिमिरे

२०७९ पुष २९, शुक्रबार २१:३९

अधिवक्ता सरोजकृष्ण घिमिरेले नेपाल क्रिकेट सङ्घ क्यानले क्रिकेटको विकासका लागि सन्दीप लामिछानेलाई पुनः क्रिकेट टिमको कप्तानी दिनुको विकल्प नरहेको बताएका छन् ।

शुक्रबार सुनधारास्थित केन्द्रीय कारागारमा क्रिकेटर लामिछानेलाई भेट गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सन्दीपले क्रिकेट खेल्न नपाएसँगै नेपाली क्रिकेटको स्तर खस्किरहेको अवस्थालाई मध्यनजर गरेर पुनः कप्तानीको रूपमा क्यानले लामिछानेलाई जिम्मेवारी दिनुपर्ने बताए ।

बलात्कारको आरोप लागेसँगै क्यानले कप्तानीबाट हटाएको भए पनि जेलबाट छुटिसकेपछि भने लामिछानेलाई कप्तानीको जिम्मेवारी दिनुपर्ने उनले बताए । उनले सन्दीप मुद्दाका कारण क्यानको निलम्बनमा परेको तर क्यानको कारबाहीमा नपरिसकेकाले पुनः कप्तानी दिनुपर्ने माग गरे ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy