स्पट फिक्सिङ आरोपमा आदिल अन्सारी र मेहबुब आलम पक्राउ

२०७९ माघ ९, सोमबार १५:३१

नेपाल टी-२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।

सन् २००८ मा मोजाम्बिक विरुद्ध एकै खेलमा १० विकेट लिंदै विश्वकीर्तिमान बनाएका कीर्तिमानी पूर्व राष्ट्रिय क्रिकेटर मेहबुबलाई विराटनगरबाट पक्राउ गरिएको हो। २०१६ पछि आलमले राष्ट्रिय टिमको लागि खेल्ने अवसर नपाएता पनि घरेलु क्रिकेटमा सक्रिय छन्। आलमको घर राजविराज हो।

राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर आदील अन्सारीलाई राजविराजमा क्रिकेट खेल्दै गर्दा मैदानमै पुगेर पक्राउ गरिएको हो। मुन्ना शाह मेमोरियल इन्टर कलेज प्रतियोगितामा उनि जानकी उच्च माबीको प्रतिनिधित्व गरिरहेका थिए।

टि-ट्वान्टी लिगमा आदीलले जनकपुर रोयल्स टिमको प्रतिनिधित्व गरेका थिए। प्रतियोगिताको ८ खेल खेले पछि उनि घाइते भएर बाहिर बसेका थिए।

क्रिकेटको ‘स्पष्ट फिक्सिङ’ बारे छानबिन समितिले बुझायो प्रतिवेदन

। नेपाल टी-ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ भएको निष्कर्षसहित छानविन समितिले प्रतिवेदन बुझाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको टिमले त्यसबारे छानविन गरेको थियो । छानविन समितिमा डिएसपी सुन्दर तिवारी सहितका अधिकृतहरु सदस्य थिए । सिआईबीका एआईजी उत्तमराज सुवेदीलाई समितिले प्रतिवेदन बुझाएको हो ।

समितिले स्पष्ट फिक्सिङ भएको तथ्यसहित थप अनुसन्धान गर्न सिफारिस गरेको छ । समितिको प्रतिवेदनको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलमलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । राष्ट्रिय क्रिकेट टोलीका अर्का सदस्य आदिल अन्सारीलाई ब्यूरोले सप्तरीको राजविराजबाट पक्राउ गरेको छ ।

छानविनको क्रममा ब्यूरोले खेलाडी र अफिसियलहरुसँग सोधपुछ गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट टी-ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन-३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान थालेपछि सो कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार भएका छन् ।

नेपाल टी-ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ खेल्ने खेलाडीले ५ लाखसम्म लिने गरेको प्रारम्भिक छानविनबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्-‘१ लाख देखि ५ लाखसम्म लिएर स्पट फिक्सिङ गरेको देखिन्छ, सो रकम खेलाडीहरुको खातामा जम्मा भएको देखिन्छ ।’

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy