यु-१९ विश्वकप छनोट : नेपालको पहिलो खेल सिंगापुरसंग

Dev Khanal

आगामी महिना फेब्रुअरीमा युएईमा आयोजना हुने अन्डर-१९ विश्वकप एसिया छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

प्रतियोगितामा नेपाल सहित कुवेत, मलेसिया, युएई, हंगकंग र सिंगापुर प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको विजेता टिम २०२४ मा श्रीलंकामा आयोजना हुने यु-१९ विश्वकप खेल्न छनोट हुनेछ। सन् २०१६ पछि नेपाल यु-१९ विश्वकपमा छनोट हुन सकेको छैन।

तालिका अनुसार नेपालले पहिलो खेल फेब्रुअरी २४ तारिखमा सिंगापुरसंग खेल्नेछ। दोश्रो खेल फेब्रुअरी २५ मा कुवेतसंग, तेश्रो खेलमा फेब्रुअरी २७ मा हंगकंगसंग, चौंथो खेल फेब्रुअरी २८ तारिखमा मलेसियासंग तथा पाँचौ खेल मार्च २ तारिखमा युएईसंग खेल्ने तालिका छ। खेलहरु अजमान स्थित मलेक ग्राउण्ड र इडन गार्डेनमा खेलिनेछ।

प्रतियोगितामा सहभागी सबै टिमले एक अर्का विरुद्ध एक/एक खेल खेलेपछि अंकतालिकाको शिर्षमा हुने एक टिम यु-१९ विश्वकप खेल्न छनोट हुनेछ।

नेपाल क्रिकेट संघ ( क्यान ) ले प्रतियोगिताको लागि १४ सदस्यीय टिमको घोषणा गरिसकेको छ।

घोषित टिम : आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा ( क ) , दिपक बोहरा ( ख ) , उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुल्सन झा, देव खनाल, सुबास भण्डारी, विशाल बिक्रम केसी, मिलन बोहरा

 





थप समाचार

नेपालले टस हार्‍यो, कमल बेन्चमा

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

राजस्थानको लगातार चौथो जित, राजस्थानको प्लेअफ सम्भावना बलियो

काठमाडौं । जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)मा राजस्थान रोयल्सले लगातार चौथो जित निकाल्दै शीर्ष चारमा रहदै प्लेअफमा स्थान […]

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिज दोस्रो खेल […]

राजस्थानको लगातार चौथो जित, राजस्थानको प्लेअफ सम्भावना बलियो

काठमाडौं । जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)मा राजस्थान रोयल्सले लगातार चौथो जित निकाल्दै शीर्ष चारमा रहदै प्लेअफमा स्थान […]

दिल्लीद्वारा मुम्बई पराजित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४३ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । घरेलु […]

रोहितको शतकमा नेपालको जित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा जितेको छ […]