दिल्लीद्वारा मुम्बई पराजित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४३ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा भएको खेलमा दिल्ली १० रनले विजयी भयो ।

दिल्लीले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ४७ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि तिलक बर्माले ३२ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ६३ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान हार्दिक पान्ड्याले २४ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाए ।

टिम डेबिडले १७ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३७ रन बनाए ।

दिल्लीका लागि रसिक सलामले तीन तथा खलिल अहमदले दुई विकेट लिए । मुकेश कुमारले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो ।

दिल्लीका लागि ओपनर जेक फ्रेसरले २७ बलमा ११ चौका र ६ छक्काको सहयोगमा ८४ रनको अर्धशतकीय ईनिङ खेले । ट्रिस्टन स्टब्स २५ बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ४८ रन बनाए ।

मुम्बईका लागि लुक उड, जसप्रित बुमराह,पियुष चावला र मोहम्मद नाबीले समान एक एक विकेट लिए ।

दिल्ली दश खेलमा पाँचौ जितका साथ पाँचौ स्थानमा उक्लिएको छ । नौ खेलमा छैटौं हारका साथ मुम्बई पुछारबाट दोस्रो स्थानमा छ ।





थप समाचार

आइपीएल : चेन्नई र गुजरात खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको ५९ औं खेलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाईटन्सबीच […]

बेंगलूरुको लगातार चौथो जित, प्लेअफ सम्भावना कायमै

काठमाडौं । रोयल च्यालेनजर्स बेंगलूरुले जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार चौथो जित निकालेको छ । […]

विश्वकपमा ईतिहासकै कान्छा कप्तान बन्दै रोहित

काठमाडौं । आफ्नो डेब्यु विश्वकपमा नै नेपालका कप्तान रोहितकुमार पौडेलले नयाँ कीर्तिमान आफ्नो नाममा थप्दै छन् । कप्तान पौडेलले टी-२० […]

नेपालसँग खेल्ने श्रीलंकाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको श्रीलंकाले आफ्नो […]

डेब्यु बलमा आएको त्यो विकेट …

काठमाडौं । २०१४ मार्च १६ बंगलादेशमा रहेको जाहुर चौधरी क्रिकेट स्टेडियममा नेपालले पाँचौ संस्करणको टी-२० विश्वकपको पहिलो दिनमा नै आफ्नो […]

कर्माचार्यको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं । आगामी शनिबारबाट सुरु हुने ललितपुर मेयर्स कपका लागि बागमती प्रदेशले आफ्नो टोली घोषणा गरेको छ । बुधबार बागमती […]