टि२० आईमा जापानसँग पहिलो पटक खेल्दै नेपाल

काठमाडौं – नेपालले टि२० आईको इतिहासमा पहिलो पटक जापानको सामना गर्दैछ ।

आगामी बर्ष भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने एसिया तथा इएपी क्षेत्रीय छनोटअन्तर्गत नेपाल र जापानबीच खेल हुन लागेको हो । नेपाल र जापानबीचको खेल ओमानको मस्कटमा नेपाली समय अनुसार शुक्रबार अपरान्ह ४ः१५ मा सुरु हुनेछ ।

यसअघि नेपालको सिनियर टोलीले पटक पटक जापानको सामना गरे टि२० आईमा भने पहिलो पटक आमने सामने हुदैछन् । नेपाललले टि ट्वान्टी अन्तर्राष्ट्रियको इतिहासमा पहिलो पटक शुक्रबार जापानको सामना गर्न लागेको हो ।

नेपालले टि२० आईको इतिहासमा खेल्न लागेको जापान २८औं प्रतिद्वन्दी मुलुक हो । विश्वकप छनोटमा एक खेल अघि नै दुवै देशले सुपर सिक्समा स्थान बनाइसकेका छन् । यस समूहमा रहेको कुवेत भने दुवै खेलमा पराजित हुदै बाहिरिसकेको छ ।

नेपालले आफ्नो १ सय ७औं टि२० आई खेलमा जापानको पहिलो पटक सामना गर्न लागेको हो । नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गर्दा जापानले ५ विकेटको नतिजा निकालेको थियो ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy