तिलोत्तमा / असोज २९ गते । तिलोत्तमा क्रिकेट लिगको अन्तिम तथा फाइनल खेल्ने टोलीको टुँगो लागेको छ ।
बुधबार द रिभाइभलियन्सले बुटवल डाइनामाइट तथा विश्व लायन टटल्सले खेलासिकी ओर्काजलाई ठुलो रनरेटको अन्तरमा हराउँदा त्यसको घाटा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपथ्य इगल्सलाई भयो, उसले प्रतियोगितामा एउटा बाहेक सबै खेल जितेको थियो तर पनि नेट रनरेटमा पछि पर्दा फाइनलमा विश्व लायन टटल्स र द रिभाइभलियन्सको टिकट पक्का भयो ।
बिहिबार प्रतियोगितामा नाटकीय टृश्यहरू देखिए । बुधबार पहिलो खेलमा टस हारेर बुटवल डाइनामाइट विरूद्घ ब्याटिँग गरेको द रिभाइभलियन्सले अजय चाइको ३६ तथा आयान खानको २८ रनको मद्दतमा १५६ रनको विशाल योगफल तयार पारेको थियो ।
१५७ रनको लक्ष्य पछ्याएको बुटवल डाइनामाइट १३ओवर ३ बल खेलेर ३७ रन बनाउदा अलआउट भयो ।
यो खेलमा बुटवललाई सस्तैमा रोक्ने क्रममा आयान खानले ५ विकेट लिए उनी म्यान अफ दी म्याच भए भने प्रिन्स पाल जसले ४ विकेट लिएका थिए उनले गेम चेन्जरको उपाधी पाए ।
यसैगरि दोस्रो खेलमा ब्याट्सम्यानहरू चम्किदा १९८ रनको उच्च स्कोर खडा गरेको विश्व लायन टटल्सले खेलासिकी ओर्काजलाई १४ रनमै समेटेर १८४ रनको विशाल अन्तरले खेल जित्यो ।
विश्व लायन टटल्सको विशाल जीतमा शुभम खनालले अविजित ९८ रन जोडे भने आशुतोष पाण्डेले २६ रन जोडे ।
निर्धारित २० ओवरमा १९९ रनको लक्ष्य पछ्याउदै ब्याटिँगमा आएको खेलासिकीका खेलाडीले बिर्सन लायक प्रर्दशन गरे । उसका लागी एन्जिला पाठकले ६ रन बनाउनु बाहेक अन्यको प्रर्दशन विर्सन लायक रह्यो ।
बलिँगतर्फ ४ तथा ब्याटिँगतर्फ ९८ रन जोडेका शुभम खेलमा म्यान अफ दी म्याच भए भने ४ विकेट नै लिएर २६ रन बनाएका आशुतोषले गेम चेन्जरको उपाधी पाए ।
प्रतियोगितामा बिहिबारको फाइनल खेल दिउँसो १२ बजेपछि सिद्धार्थ रंगशाला भैरहवामा दिउँसो १२ बजेपछि शुरू हुने तिलोत्तमा क्रिकेट विकाश समितिका उपाध्यक्ष कृष्ण भुषालले बताए ।
